nk

दशैंको सम्मुखमा अर्थमन्त्रालयमा ब्यापक सरुवाको तयारी
[2017-09-26 오후 10:29:00]

दशैंको सम्मुखमा अर्थमन्त्रालयले कर्मचारी सरुवा गर्ने भएको छ । निर्वाचन आयोगले सहमति दिएपछि मंगलबार नै अर्थ मन्त्रालयका सचिव र सहसचिवहरु कर्मचारी सरुवा गर्न लागेका छन् । मन्त्रालयले आज बेलुकासम्म सरुवा निकाल्न लागेको छ ।

अर्थमन्त्रालय अन्तर्गत विभिन्न भन्सार कार्यालय, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग अन्तर्गत १ सय उपसचिवको २ बर्ष अवधि पुगिसकेको छ । विराटनगर भन्सार कार्यालयका कृष्णबहादुर बस्नेतको ३१ महिना भइसकेको छ ।

२ बर्ष अवधि पुगेका उपसचिव र शाखा अधिकृत लगायतका कर्मचारीहरु सरुवा हुने भएका छन् । बिराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतको त ३१ महिना भन्दा बढी भइसकेको छ । उनी काजसरुवा भएको मितिबाट हिसाब गर्ने हो भने २०७३ पुसमै २ बर्ष पुगिसकेको छ । दरबन्दी कायम भएको मितिबाट हिसाब गर्दा पनि २९ महिना भइसकेको छ ।

काकडभित्ता भन्सारका प्रमुख भीमलाल अधिकारीको पनि दुई बर्ष पुगिसकेको छ । केरुङ भन्सारका प्रमुख केदार पनेरुको २ बर्ष नपुगी सरुवा भएकाले उनले सर्वोच्च अदालतबाट मुद्दा जितेर अहिलेसम्म पनि कायमै छन् ।दुई बर्ष अवधि पुगेकाहरुमा राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय पथलैयाका ज्ञानेन्द्र ढकाल, राजस्वकै कोहलपुर क्षेत्रीय कार्यालयका शिव भण्डारी हुन् ।

आन्तरिक राजस्व कार्यालय झापा, धरान, बिराटनगर, बीरगंज, भैरहवाका प्रमुखको पनि २ बर्ष अवधि पुगेकाले सरुवा हुने सूचीमा छन् । आन्तरिक राजस्व कार्यालय पोखरा, ललितपुर, भक्तपुर, महेन्द्रनगरका प्रमुखको पनि दुई बर्ष पुगिसकेको छ । जुरे पहिरो र भूकम्पपछि कारोबार नै नभएको तातोपानी भन्सारका प्रमुखको पनि दुई बर्ष पुगेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com