khem karki

किम्हेमा अक्टुबर ३ तारिख सांस्कृतिक कार्यक्रम हुने
[2017-09-26 오후 10:11:00]

नेपाली हरुको महान चाँड दशैं तथा कोरियाको पर्व छुसकको अवसर पारि किम्हेमा यही २०१७ अक्टुबर ३ तारिख मंगलबार भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालका ख्यातीप्राप्त लोकदोहरी कलाकारहरु रामजी खाँड, देवी घर्ती मगर , साथमा तिम्रो मिठो बोली संग, ... हारे ,हारे हारे म त हारे बोलको गित लगायत चर्चित गीत गाएकी गायिका दिपा लामाको विशेष सांगितिक प्रस्तुती रहनेछ ।

कार्यक्रममा वडा दशैं २०७४ सालको अवसरमा शुभकामना आदान प्रदान सहित विशेष कार्यक्रम हुने आयोजकले बताएको छ । कार्यक्रममा खानपान,क्रेडिड कार्ड,फ्रि सिम,दोर्दी खोलाको फर्म भर्ने अवसर जस्ता विभिन्न स्टलहरु पनि रहनेछन ।

ख्यंगसाननाम्दो राज्य सरकार द्वारा प्रायोजिन , ख्यंगनाम,बुसान क्षेत्रका संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाली राजदुतावासका राजदुत अर्जुन जंग बहादुर सिंहको प्रमुख आथित्यमा हुने कार्यक्रममा भव्य रुपमा दशैं मनाउने तयारी रहेको छ ।

राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हुने कार्यक्रम भव्य र व्यवस्थित हुने भन्दै आयोजकले किम्हे , बुसान ,उल्सान,मिरयांग,देगु,छांगवन,मासान लगायत यस क्षेत्रका नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन पनि अनुरोध गरेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com