Dambar Subba

कृषि तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण
[2017-09-25 오전 12:32:00]

किम्हे माईग्रेन्ट हाउस र किम्हे नगर पालिकाको सहकार्यमा गत मे महिनाको ५ तारिख देखि शुरु भएको २० हप्ते कृषि तालिम लिएका १५ जना नेपाली प्रशिक्षार्थीहरुलाई आज एक समारोहको आयोजना गरि प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

शुरुमा उत्सुकता र चासोको साथ कृषि तालिमका लागी २४ जना नेपालीहरुले आवेदन दिएका थिए । प्रत्येक आईतबारको ४ घण्टा सिकाईने तालिममा १६ हप्ता अर्थात ६० घण्टा अनिवार्य हाजिर हुनु पर्ने मापदण्ड अनुसार आज १५ जनालाई प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको किम्हे माईग्रेन्ट हाउसका प्रमुख यज्ञ राज सुवेदीले बताउनु भयो।

यस पटकको कृषि तालिममा टमाटर खेती कसरी गर्ने, साधारणतय माटोमा प्रयोग हुने कृषि औजार चलाउने, ग्रीन हाउस किन र कस्तो स्थानमा प्रयोग गरिन्छ र ग्रीन हाउसको विशेषताको बारेमा प्रशिक्षण दिएको थियो ।

कोरियाबाट फर्किएका नेपालीहरुलाई स्वदेशमा पुगे पछि के काम गर्ने भन्ने समस्या समाधानका साथै कोरियाको विकसित कृषि टेक्नोलोजीलाई नेपाल भित्राउदै सिकेको शीपलाई राष्ट्र विकासको लागी उत्प्रेरित गर्ने उदेश्यले यस्तो कार्यक्रमको शुरुवात गरेको हाउसका प्रमुख सुवेदीले बताउनु भयो।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा किम्हे नगर पालिकाका मेयर, सत्तापक्ष पार्टीका दुई संसद र कोरियाका लागी नेपाली राजदूतावासका उपनियोग प्रमुख किरण शाक्यले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com