Dambar Subba

मिनी वल्र्डकपमा नेपाली टिम दोस्रो स्थानमा
[2017-09-24 오후 7:34:00]

आज भएको अन्र्तराष्ट्रिय स्तरको मिनी वल्र्डकप फुटबल प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ । अन्य राष्ट्रका टिमहरुलाई हराउदै फाईनलमा पुगेका नेपाल टिमले फ्रान्स टिमसंग २ का विरुद्ध शुन्य गोलले पराजित हुनु परेको थियो ।

टिबिएस ईएफएमको आयोजकत्वमा भएको सो मिनी वल्र्डकप फुटबल प्रतियोगिता सिओल सछोदोङ स्थित एक फुटबल ग्राउडमा भएको थियो। मिनी वल्र्डकप फुटबल प्रतियोगितामा नेपाल, ब्राजिल, चीन,क्यामरुन, कोलम्बिया,फ्रान्स जर्मन र ईन्डोनिशिया राष्ट्रका ८ टिमले सहभागी जनाएका थिए ।

टिबिएस ईएफएमले प्रत्येक बर्ष योफुटबल प्रतियोगिता गर्दे आएको छ । गत बर्ष २३ वटा राष्ट्रका टिमहरुले भाग लिएका थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com