राधा ढुंगाना

विश्वको अग्लो स्थानबाट रेडियो सन्चालन
[2017-09-23 오후 11:49:00]

विश्वको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु गरीएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिकेडाँडावाट रेडियो एभरेष्ट ९८.१ मेगाहर्जले परिक्षण प्रसारण शुरु गरेको हो ।
यस अघि गिनिज वल्र्ड रेकर्डमा छिमेकी मुलुक भारतको लदाक प्रान्तमा ३७ सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको सबै भन्दा अग्लो स्थानबाट प्रसारित रेडियोको अभिलेखमा छ । ४४ सय मिटरबाट प्रसारण गरिएको रेडियोले नै विश्व रेकर्ड कायम गर्ने सञ्चालकको दाबी छ ।

समुद्रि सतह देखि ४४ सय मिटरको उचाईमा रहेको पिकेडाँडावाट शनिबार देखि प्रसारण आरम्भ गरीएको पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले जानकारी दिए । पिके सञ्चार प्रा. लि. र हिमाली सञ्चार लिमिटेडको व्यवस्थापनमा संचालनमा आएको रेडियोलाई महत्वाकांक्षि परियोजनाको रुपमा हेरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयबाट १ हजार वाट क्षमताको प्रसारण ईजाजत लिएको रेडियोले अहिले सदरमुकाम सल्लेरीमा स्टुडियो राखेर ताररहित पद्धतिबाट पिके डाँडामा लिंक गरि प्रसारणको शूरुवात गरेको हो ।

प्रसारणको शुरुवातमै प्रदेश नं १, २ र ३ का २० भन्दा बढि जिल्लामा राम्रो सुनिएको स्रोताले प्रतिक्रिया दिएका छन् । परिक्षणको क्रममा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, धनकुटा, भोजपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, मोरङ लगायतका जिल्लावाट स्रोता प्रतिक्रिया प्राप्त गरिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले बताए ।

२ हजार प्रसारण क्षमता रहेको रेडियोको परिक्षण कालमा २ सय (वाट) क्षमतावाट मात्रै परिक्षण गरिएको छ । ३ वटा प्रदेशका अधिकांश जिल्लाका विभिन्न स्थानवाट स्रोताको राम्रो प्रतिक्रिया पाएपछि संचालक तथा व्यवस्थापक कम्पनी हौसिएको छ । पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले हिमाली पर्यटनको प्रवद्र्धनका लागि विश्वकै अग्लो स्थानवाट रेडियो प्रसारण शुरु गरिएको बताए ।

सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले रेडियोको राज्यको बदलिदो स्वरुप अनुसार स्थानीय तह र प्रदेश बीचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । रेडियोको टावर स्थापना, विद्युत जडान र समग्र काम सम्पन्न गर्न १ करोड रकम खर्च भएको कम्पनीका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com