nepalikorea

फेरी थपिए राज्यमन्त्रीमा विष्ट र शर्मा
[2017-09-18 오후 5:15:00]

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् । पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com