nepalikorea

आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
[2017-09-18 오후 4:24:00]

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता भएपछि संसदीय समितिहरुले खड्कालाई तत्काल निलम्बन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनलाई आधार बनाएर निगमका कार्यकारी निर्देशक खड्कालाई पदच्यूत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भयो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com