dambar subba

चुम्लुङ कोरियाले पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने
[2017-09-16 오전 1:27:00]

कोरियाको महानपर्व छुसकको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजकत्वमा ऐतिहासि हिलिहाङ दरबार संरक्षण तथा संम्बद्र्धन सहयोगार्थ आयोजित सिरिजङा सांगीतिक सौगात भाग ४ लाई भव्यताका साथ सफल पार्नको निम्ति यहि १७ तारिख आईतबारको दिन पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

सिओलको तोङदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टमा दिनको १२ बजेदेखि हुन गई रहेको उक्त कार्यक्रममा उपस्थित भई दिन हुन कोरियावासी आदरणीय दाजु भाई तथा दिदी बहिनी लगायत पत्रकारहरुलाई हार्दिक अनुरोध गरेको छ ।

आगामी अक्टोबर ३ तारिखको दिन सिओलको जोङनो स्थित रहेको पेकचुन्यन किन्यमग्वानमा हुन गई रहेको सिरिजङा सांगीतिक सौगात भाग ४ मा आधुनिक गायक कुशल थलङ, भर्साटाईल गायक राजन राज शिवाकोटी, हट लोक दोहोरी गायिका ज्योती थापा मगर, नेपाल आईडलकी गायिका प्रमिला राई, हट डान्सर चन्दा दहाल र सुप्रसिद्ध हांस्य कलाकार बुद्धि तामाङ र मोडेल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा निङलेखु नेपालबाट आउन लागेको चुम्लुङले सार्वजनिक गरेको पोष्टरमा उल्लेख छ ।

त्यस्तै स्थानिय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुलगायत अन्य गायकहरुको पनि बेजोड प्रस्तुती रहने आयोजक कमिटिका एक सदस्यले जानकारी दिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com