Khem Karki

एनआरएन कोरियाको निर्वाचनमा व्यापक धाधली
[2017-09-15 오후 6:39:00]

एन आर एन एन सी सि दक्षिण कोरियाको सेप्टेम्बर १० मा भएको अधिवेशनमा जम्मा खसेको मत भन्दा ८ मत बढि पाइएको छ । निर्वाचन परिणाम अघि जम्मा १४१४ मत खसेको भनेर जानकारी दिएको निर्वाचन मण्डलको समितिले घोषणा गरेको निर्वाचन परिणाममा अध्यक्षहरुको कुल मत जोडदा १४२२ पुगेपछि निर्वाचनमा जालझेल भएको पुष्टि भएको छ ।

निर्वाचनको बन्द सत्र देखि अनेक अवैधानिक प्रकारले कार्य गर्दै आईरहेको निर्वाचन समितिले यति ठूलो त्रृटि गरेको पाइएपछि निर्वाचन प्रकृया पुर्ण अवैधानिक भएको छ । निर्वाचन तालिका देखि नै भद्रगोल गर्दै आएको निर्वाचन समितिले निर्वाचनमा फर्जि मत खस्दा समेत मौन बसेको छ । निर्वाचनमा भाग लिन जादा कतिको पहिले नै मत खसिसकेको र एक जनाले ३ वटा सम्म मत खसालेको पाईसकिएको छ ।

निर्वाचन प्रकृयाको अवस्था हेर्दा निर्वाचन मण्डलले नियोजित रुपमा षडयन्त्र गरेको पाइएको छ । उम्मेदवारहरुको लागि परेको दावी विरोधमा समेत निर्वाचन समितिले नियोजित पक्षपात पूर्ण व्यवहार गरेको छ । निर्वाचन प्रकृयामा निकै फेरबदल गरेर पन्जिकृत सदस्यहरुलाई गुमराहमा राख्ने कोशिस भएको पाइएको छ । आपसि मिलेमतोको आधारमा निर्वाचनमा व्यापक धाधली गरेको पाइएको छ ।

निर्वाचनलाई सम्पन्न गर्न आईसिसि सदस्य केपि सिटौलाको संयोजकत्वमा बनेको समितिले विधान सम्मत काम गर्न नसकेपछि निर्वाचन प्रतिनै आशंका उत्पन्न भएको हो । निर्वाचनमा विधान मिचिएको र निर्वाचन आचारसंहिता र नियामावली समेत मिचेर काम गरेको भन्दै एन आर एन आईसिसि मा निवेदन परेको छ । नियमावली अनुसार एक कार्यकाल पूर्ण नभएको पनि उम्मेदवार भएको , विधार्थीलाई समेत दावि विरोध आउदा पनि उम्मेदवारी रद्ध नगरी पक्षपाती व्यववार गरेको पाइएको छ ।

यसैगरी निर्वाचनमा विधान मिचेर भएको कार्यको लागि स्थानीय अदालतमा जाने तयारी भएको श्रोतले बताएको छ । आगामी कार्यक्रमको बारेमा जानकारी दिन आगामी आईतबार सोलमा पत्रकार सम्मेलन समेत गरिने भएको छ । आफ्ना मागहरुबारे दुतवास, परराष्ट्र मार्फत समेत केन्द्रलाई जानकारी दिन प्रकृया शुरु गरिएको छ । आफ्नो मागहरुको तत्काल सम्बोधन नभए समानान्तर एनआरएन कोरिया गठन गरेर भएपनि वैधानिक बाटो खोज्ने दावी गरिएको छ ।

निर्वाचन तालिका प्रकाशित भईसकेपछि त्यो अनुसार कार्य नगरि आफ्नै नियम मिच्दै चुनाव हुने आधि रातमा मात्र उम्मेदवारको नामावली प्रकाशित गरेको थियो । त्यो अवस्थामा परेको उम्मेदवार माथिको दावि विरोधमा समेत चलखेल भएको छ । दावि विरोधको बारेमा कुनै जानकारी नै नदिई सूचना लुकाउने प्रयास गरेको छ ।

२ जना विधार्थीको उम्मेदवारी रद्ध गरेको बताएको निर्वाचन मण्डलले कुरा चपाएर जानकारी दिएको छ । उम्मेदवारी रद्ध गर्दा समेत पक्षपात व्यवहार गर्दै अन्य उम्मेदवारको विधार्थी स्टाटस हुदा पनि अन्य प्रमाण भन्दै राजनीतिक बेईमानी भएको पाईको छ । यसको आधार प्रष्ट पार्ने र सम्बन्धित दावी विरोध हाल्ने व्यक्ति वा उम्मेदवारहरुलाई समेत भिसा स्टाटसको बारेमा गुमराहमा राखिएको छ ।

यसो त मत परिणाम मै ८ मत फरकको गलत नतिजा आउनु आफैमा दुर्भाग्यपूर्ण हो । उम्मेदवारी फिर्ता लिन पाउने समयसिमा सकिएको अवस्थामा उम्मेदवारी फिर्ता लिनु पनि अर्को गल्ती गरेको छ जसमा एक अर्का उम्मेदवारले फिर्ता लिने भन्दा अन्तिम बेला भएको भन्दै फिर्ता लिन नदिएको पाइएको छ ।

परिचयपत्र पनि १४१४ भन्दा माथिको ३०० जति निर्वाचन मण्डलले रेकर्ड दिन सकेको छैन भने उम्मेदवारहरुले पटक पटक जानकारी गराउदा समेत निर्वाचन मण्डलले वास्ता नगरेको र जवाफ दिन नसकेको हुदा उम्मेदवारहरुले बाध्य भएर अन्य विकल्प खोज्न लागेको बताएका छन ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com