Dambar Subba

एनआरएन कोरियाको छैठौ महाअधिवेशन सम्पन्न, लक्ष्मी गुरुङ अध्यक्षमा निर्वाचित
[2017-09-11 오전 10:58:00]

एनआरएन दक्षिण कोरियाको आज भएको छैठौ महाधिवेशनमा लक्ष्मी गुरुङ लामा अध्यक्ष पदमा निर्वाचित भएकी छिन । कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा भएको सो महाधिवेशमा कुल मतदाता २२८३ मध्ये६३ प्रतिशत अर्थात १४७४ जना मतदातालेमतदान गरेको निर्वाचन मण्डलमा संयोजक केपी सिटौलाले जानकारी गराएका थिए ।

त्यस्तै आईसीसीको दुई प्रतिनितधीमा प्रकाश धमाला र लोचन राई निर्वाचित भएको छ ।

बरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ निर्वाचित भएको छ भने उपाध्यक्षमा जीवन कुमार थापा, साजन सर्मा र अमृत राई निर्वाचित भएको छ ।

त्यस्तै महासचिवमा ईन्दिरा तिवारी निर्वाचत भएकी छिन ।

सचिवमा नेत्र नारायण पौडेल र नविन पूडासैनी निर्वाचित भएका थिए । सचिव पदको मत गनणामा नविन पूडासैनी र भरत राज सुवेदी बराबर मत भएपछि गोलाप्रथा द्धारा नविन पूडासैनी मनोनित भएको हो ।

कोषाध्यक्षमा लोक बहादुबानिया निर्वाचित भएको छ भने सहकोषाध्यक्षमा जीत बहादुर थापा सारु मगर निर्वाचित भएको छ ।

त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बु,सकिन श्रेष्ठ, विजय रेग्मी र देबेन्द्र पोख्रेल निर्वाचित भएको छ ।

त्यस्तै युवा संयोजकमा सन्तोष कुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भएको छ ।

एनआरएन दक्षिण कोरियाको आज भएकोविधुतीय प्रणाली अन्र्तगतकोमतदानले मतदातालाई अन्यौलमा पार्नुको साथै अव्यवस्थित रहेको जनगुनासो व्यापक थियो।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com