सुन्दर सुवेदि

मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा तथा अधिवेसन सम्पन्न
[2017-09-05 오후 8:04:00]

परोपकारि सँस्थाहरु मोक्पो चौतारी नेपाल र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस् बीच एकता भइ मोक्पो साम्हो साझा चौतारी सँस्था निर्माण कार्य सम्पन्न भएको छ । दक्षिण कोरियाको मोक्पो क्षेत्रमा रहेका दुइ सामाजिक सस्था एकता भै नया सस्था स्थापना भएको हो । कोरियामा झन्डै सयौको संख्यामा रहेका सस्थाहरुलाइ संदेश दिने उद्देस्यले दुइ सस्था एकता गरि सम्पूर्ण माझ फुटेर भन्दा जुटेर नै सामाजिक कार्य गर्दा सहज र सरल हुने उदेश्यले दुई संस्था एक भएको हो ।

मोक्पो चौतारी नेपालका पुर्ब का.अध्यक्ष साथै सामाजिक अभियन्ता नारायण पौडेलका अनुसार करिब १००० जना नेपाली कामदार रहेको मोक्पो एरियामा जात धर्म राजनीतिलाइ पर सारी सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरु नेपाल आमाका सन्तान भएको कारण एक सस्था बाहेक आर्को संस्था आवस्यक नभएकोले एकीकरण गरि मोक्पो साम्हो साझा चौतारी निर्माण गरिएको हो ।

संस्था एकिरण र अधिवेसन कार्यक्रमलाइ ३ चरणमा संचालन गरिएको थियो । जसमा, पहिलो चरणमा मोक्पो चौतारी नेपाल र हुन्डाई साम्हो नेप्लिज फ्रेन्ड्स कोऔपचारिक बिघटन, दोश्रो चरणमा औपचारिक कार्यक्रम र तेश्रो चरणमा अधिवेसनको बन्द सत्र भएको थियो । संस्था बिघटनका क्रममा मोक्पो नेपाली समाज का सम्रक्षक अनिल देवकोटाले अहिले सम्म संस्थाले गरेको कार्यहरु सम्झिदा बिघटन गर्न अतिनै अफ्ठेरो भएको बताउदै फेरी पनि मेल मिलाप र भाइचाराको सम्बन्ध साथै सामाजिक कार्य गर्न सहज हुने भएकोले एकता हुन जरुरि बताउदै संस्था विघटन भएको औपचारिक घोसणा गर्नु भएको थियो ।

तेसैगरि ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्ड्स का संरक्षक राम दत्त जोशी (नेपालको राम ) ले एकता गर्नु दक्षिण कोरियामा कार्यरत नेपाली दाजु भाइ माझ एक सकारात्मक संदेश जानेमा आफ्नो विस्वास राख्दै यो हम्रो सकरात्मक अभियानले अन्य संघ सस्थाहरुले पनि यसरि नै एकता गर्दै दक्षिण कोरियामा नेपालीहरुको एकमात्र सस्था हुने बताउदै सस्था बिघटन भएको घोसणा गर्नुभएको थियो ।

पहिलो चरणको सँस्था बिघटन कार्यक्रम सकिए लगत्तै दोश्रो चरणको औपचारिक कार्यक्रम संचालन भएको थियो । सम्मेलन आयोजक समितिका संयोजक अनिल देवकोटा को सभापतित्वमा संचालित कार्यक्रम को संयोजक भने रामदत्त जोशी ( नेपालको राम ) ले गर्नु भएको थियो । कार्यक्रममा नेपालमा भएको दैविक प्रकोप बढी पहिरोमा परि ज्यान गुमाएका आत्माको सान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । औपचारिक कार्यक्रमको स्वागत मन्तव्य पूर्व मोक्पो चौतारी नेपालका सस्थापक साथै सम्मेलन समितिका सदस्य रोशन कुमार पौडेलले दिनु भएको थियो भने सुभकामना मन्तव्य सम्मेलन समितिका सह संयोजक राम दत्त जोशीले दिनु भयो । साथै औपचारिक कार्यक्रम को संचालन मोक्पो एफ सी का प्रशिक्षक बिक्रम गुरुङ ले गर्नु भयको थियो ।

दोश्रो चरणको कार्यक्रम सकिय लगत्तै तेश्रो चरणको अधिवेसनको बन्द सत्र कार्यक्रम संचालन गरिएको थियो । जसमा कुनै पनि विवादित नभै सर्व सम्मति मा कार्य समिति गठन गरियको थियो ।

मोक्पो साम्हो साझा चौतारीको पहिलो अधिवेसनमा निर्वाचित हुनु भएका पदाधिकारीहरु
अध्यक्ष :अरुण सेजवाल
ब.उपाध्यक्ष : संजय तितुंग, गोपाल खतिवडा
उपाध्यक्ष: याम्फु राइ, विनोद वस्नेत, विकाश तामांग, सुदिप पौडेल
महासचिव : सुन्दर सुवेदी
सचिव : इन्द्र श्रेष्ठ, विधान तामांग
सह सचिव : सुर्य लामा, कृष्ण शर्मा, दिपेन्द्र वि .क
कोषाध्यक्ष: रामकृष्ण खनाल
सह कोषाध्यक्ष: खेम राज भट्ट

सदस्य : विजय पोख्रेल, सुरज पाण्डे, हरि श्रेष्ठ, शेरचन राना, विजय कार्की, स्टार कार्की, समिर क्षेत्रि, जगत तामांग, सुरेश श्रेष्ठ, मणिराज तामाङ, समिर सिङजाली, गणेश भट्टराई, सुरज गैह्रे , विकाश गुरुङ, हरि घिमिरे, सन्तमान घले, चन्द्र तामाङ



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com