Dambar Subba

कोरियामा पुन एक नेपालीले आत्माहत्या
[2017-09-06 오전 11:33:00]

ईपीएस मार्फत विगत ४ बर्ष १० महिना अघि कृषि भिसामा कोरिया आई जेजु आईसल्याण्डको सगिफोसी स्थित एक सुन्तला कम्पनीमा कार्यरत डोटी जिल्ला बडिकेदार गाउंपालिका वार्ड न २ निवासी नर बहादुर भाट क्षेत्रीले गत २ तारिख शनिवार विहान आत्माहत्या गरेको जेजु माईग्रेन्ट सेन्टरकी नेपाली विभाग प्रमुख शुभन्द्रा पालुङवा लिम्बुले जानकारी दिएको छ ।

माईग्रेन्ट सेन्टरकी नेपाली विभाग प्रमुख लिम्बुले भनिन हामीले कम्पनीमा गएर बुझदा यहि सेक्टेम्बर ५ तारिख ४ बर्ष १० महिना पुरा गरि नेपाल जाने भनी टिकट पनि लिई सकेको रहेछ । र कम्पनीसंग ३ महिना पछि कोरिया पुन आउने गरि श्रम सम्झौता पनि गरि सकेका रहेछ । आत्माहत्या गर्नु भन्दा अघिल्लो दिन शुक्रबार विहानै साथी भाई भेटन भनी हिडेको मृतक क्षेत्री कम्पनीको छुटटी हुने समय सम्म पनि आएपछि कम्पनीका साहु र कामदारहरु सबै ढोका लगाएर आ आफनो घर गएछ । विहान आएर कम्पनीको गोदाम भित्र रहेको क्षेत्रीको सुत्ने कोठा खोल्दा छतको बिममा झुण्डी रहेको अवस्थामा भेटे पछि प्रहरीलाई खबर गरेको रहेछ ।

केहि महिना अघि फोन मार्फत थेजिकम ( अवकास भत्ता ) को पाउने प्रकिया बारे परामर्श पनि लिएको थियो । बाहिर पनि त्यति नहिडने जांड रक्सीको पनि सेवन नगर्ने थिए । ४ बर्ष १० महिना सम्म एक पल्ट पनि बिदामा नेपाल नगएको रहेछ । बिदामा एक पल्ट पनि नेपाल किन नपठाएको भनेर सोध्दा क्षेत्री आफैले जान नचाहेको कम्पनी साहुले बताए लिम्बुले थपिन ।

मृतक क्षेत्रीका मित्र केशब बम डोटेलीले फेसबुक मार्फत यहि सेक्टेम्बर ५ तारिख घर फर्कन लाग्नु भएको ३२ बर्षिय आत्मिय मित्र नर बहादुर भाट क्षेत्रीको अपत्यारीलो मृत्युको खबरले मर्माहित तुल्याएको छ साथै मृत्युको सत्य तथ्य पत्ता लगाउन र आवश्यक छानबिन गर्नका लागी पहल गरिदिन हुन नेपाली राजदूतावासंग हार्दिक अपिल गरेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com