Dambar Subba

स्वास्थ्य उपचारको लागी स्वदेश फिर्ता जाने क्रममा एक विदेशी मजदुरको निधन
[2017-09-05 오전 10:46:00]

कोरियाको अस्पतालमा महंगो स्वास्थ्य उपचार खर्चको अभावको कारणले स्वदेशमा नै उपचार गर्ने उददेश्यका साथ स्वदेश फिर्ताको लागी ईन्छन एयरपोर्ट जाने बसमा सवार एक विदेशी मजदुरको निधन भएको आज कोरियाली समाचारपत्र यन्हापन्युजले जनाएको छ ।

समाचारपत्रका अनुसार विहान ४ः३० बजे ख्वाङजु सगु ख्वाङछन दोङ बस टरमिनलबाट ईन्छन एयरपोर्ट जाने बसमा सवार भई रहेका ३६ बर्षिया उजवेगिस्तान मुलका विदेशी मजदुरलाई अचानक हार्टअटयाक भएपछि आकस्मिक उपचार गर्दे नजिकको अस्पतालमा लगेता पनि उनको ज्यान बचाउन असफल भए ।

ख्वाङजुको एक कम्पनीमा कार्यरत ३६ बर्षिया उजवेगिस्तानी मुलका ती विदेशी मजदुरलाई केहि महिनी अघि देखि खुटटा सुनिने र स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य उपचारको लागी आव्हान गरेता पनि कसैले सहयोग नगरेपछि अस्पतालमा लाग्ने मंहगो खर्चको कारण रोगको उपचार पाउन नसकेको समाचारपत्रमा उल्लेख छ ।

स्वदेशमा गई उपचार गराएर पुन कोरिया आउने उददेश्यका साथ हिडेका ती विदेशी मजदुरको गुडी रहेको बसमा नैभएकोनिधनलेस्तब्ध बनाएको छ । मृत्युको कारण पत्ता लगाउन पोष्टमार्डम गर्ने प्रहरीले जनाएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com