रासस/सिन्ह्वा

जापानमा बाढी पहिरोमा परी पाँच बेपत्ता, ५३० जना विस्थापित
[2017-08-06 오전 7:00:00]

जापानको क्युसुमा आएको भीषण वर्षापछि आएको बाढीपहिरोमा परी पाँच व्यक्तिको बेपत्ता भएका छन् । यस प्रकोपको कारण अन्य ५३० सर्वसाधारण विस्थापित भएका छन् । जापानको प्रमुख द्वीप क्युसुमा जुलाइको सुरुबाट परेको भीषण वर्षाको कारण यस अघि नै ३६ हताहत भइसेकेको छ ।

फुकुओका प्रान्त असाकुरामा सरहमा हराइरहेका पाँच व्यक्तिको खोजीकार्य जारी रहेको अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय अधिकारीले खोजीकार्यमा स्थानीय तीस जना प्रहरी खटिइरहेको र घटनास्थल वर्षा र बाढी पहिरोबाट निकै आक्रान्त रहेको बताएका छन् ।

गत जुलाई पाँचदेखि लगातार भइरहेको वर्षापछिको बाढीपहिरोका कारण फुकुओका प्रान्त बाहेक छिमेकी ओइता प्रान्तका पनि गरी झन्डै दुई हजार जना विस्थापित भएर एकै ठाउँमा जम्मा भएका थिए ।

एकै ठाउँमा जम्मा भएका मध्ये ५३० जना अझै पनि शरणार्थीकैरुपमा बसिरहेका छन् । बाढी पहिरोले झन्डै तीन सय वटा घरमा क्षति पुगेको छ ।

फुकुओका प्रान्तको स्थानीय सरकारले विस्थापितलाई सहयोगका लागि थप योजनाहरु पनि बनाएको छ ।

जापानको केन्द्रीय सरकारका प्रवक्ता योसिहीड सुगाले आउदो अगस्त आठमा बस्ने मन्त्रीपरिषद् बैठकले बाढी पहिरो प्रभावितका लागि केही व्यवस्था गर्ने बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले आइतबार पनि यस्तै प्रकोप आउने सक्ने खतरा रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com