udaya rai

कोरियाबाट २५ बर्षिय युवा लास बनेर स्वदेश फिर्ता
[2017-08-03 오전 5:57:00]

कोरियामा कम्पनीको लापरबाहीको कारण तेज गुरुङ र छबिलाल चौधरी जस्तै ज्यान गुमाउने प्रवासी मजदुरहरु धेरै छन २०१५ को तथ्यांक अनुसार बर्षमा लगभग ९० देखि १०० जनाको औधोगीक दुर्घटनमा मृत्यु हुने गरेको छ भने ६ हजार जति घाइते हुने गर्दछन ।

यो त दुर्घटनामा परेर औधोगिक दुर्घटना बिमा रकमकोलागि निबेदन दिएर घटना प्रमाणित भएको प्रवासी मजदुरहरुको मात्रहो ।औधोगिक दुर्घटनामा परेर औधोगिक बिमाकोलागि निबेदन दिएर प्रमाणित नभएको वा साहुको दबाबमा थाहा नपाएर दर्ता नगरेको शंख्या समेत जोड्दा दुर्घटनामा पर्ने प्रवासी मजदुरको शंख्य यो भन्दा अझ बढी हुन आउछ ।

यस्तो घटना दोहोरिन नदिन एमटियु केसीटियुले सरकारलाइ कम्पनीले सुरक्षा सम्बन्धि कानुनको पालना गराउन कडा कानुन बनाउन दबाब दिई रहेको छ । तेज गुरुङ र छबिलाल चौधरीको मृत्यु बंगुरको फोहोरबाट (लिदी) निस्केको ग्यासको कारण मृत्य भएको र कम्पनीले सुरक्षा सम्बन्धि १८ वोटा कानुन उलंघन गरेको भन्ने कुरा प्रमाणित भैसकेको छ ,कम्पनी मालिकलाई अहिलेसम्म कुनै कारबाहीको फैसला भएको छैन ।

(कम्पनी सुरक्षा सम्बन्धी कानुनमा बेहोस हुने सम्भावना भएको बन्दठाउँ (हावा नचल्ने) मा काम गर्दा कम्पनी मालिकले पूर्ण रुपमा सुरक्षाको व्यवस्था गर्नु पर्ने कानुनमा तोकिएको छ । हानिकारक ग्यास भएको ठाउमा २/४ पटक स्वास फेर्दा पनि बेहोस हुने र मृत्यु पनि हुनसक्ने हुन्छ ।

त्यसकारण बंगुरको फोहोर (लिदी) बाट आउने हानिकारक ग्यास भएको ठाउमा काम गर्दा ग्यासको फैलावट मापन गर्नु पर्ने र त्यस अनुसारको शुरक्षाको(मास्क लगायत) समान दिनु पर्ने हुन्छ। तर धेरै भन्दा धेरै कम्पनीमा यस्तो व्यवस्था गरिदैन)यो कम्पनी मालिकले पनि सुरक्षा सम्बन्धि कानुन उलघन गरेको थियो ।

श्रम बिभागले पनि कम्पनीले कम्पनी सुरक्षा सम्बधित कानुन पालना गरेको छकी छैन जाचबुझ गर्दैन यस्तो घटना हुनुमा कोरियन सरकार पनि उतिकै दोषी छ तर अहिले केहि समय अगाडी कम्पनी मालिकले मेरो लापरबाहीको कारणले होइन स्व.तेज गुरुंगको लापरबाहीको कारणले उनीहरुको मृत्यु भएको हो भनि आफुलाई लागेको अभियोग अस्विकार गरि अदालतमा मुद्दा दर्ता गरेको छ तेज गुरुंगको परिवार हाल कोरियामा हुनुहुन्छ सबै काम (क्षेतिपुर्ति ,साहुलाई कारबाही )सकेर तेज को लाससगै लिएर जाने योजना थियो साहुले आफुलाई लगाएको अभियोग झुटा हो भनि मुद्दा दायर गरेको कारण उनको परिवार यहि बस्नु पर्ने भएकोले केहिदिन अगाडी लास नेपाल पठाइएको थियो ।

छबिलाल चौधरीको लास पहिला नै स्वदेश पठाई सकिएको छ । यस्तो लाचार ,झुट अभियोग लगाउने कम्पनी मालिकलाइ हदै सम्मको कारबाहीको लागि हामी सबैले दबाब दिनु पर्नेछ केसीटियु ,एमटियुले बिभिन्न दबाबमूलक गतिबिधि गर्दै आई रहेको छ र गर्ने योजना छ यसको लागि हामी सबै जना ले अनिवार्य सहभागी जरुरी छ।

उदय राई ,अध्यक्ष एमटियु दक्षिण कोरिया



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com