Dambar Subba

बुङगुर फर्ममा कार्यरत एक नेपाली मृत्यु
[2017-07-30 오후 8:59:00]

दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी १५० किलोमिटरको दुरीमा रहेको शहर छनानको सुनछनहयाङ अस्पतालमा आज अन्दाजी ३ बजे एक नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको छ । रोजगारी प्रणाली ईपीएस मार्फत विगत १५ महिना अघि कोरिया आई छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत नेपालको धादिङ निवासी अन्दाजी २५ बर्षिय माङ तामाङको मृत्यु भएको बुङगुर फर्ममा संगै काम गर्ने सहकर्मी सागर मास्केले बताएको हो ।

छनानको सुनछनहयाङ अस्पतालमा केहि दिन अघि देखि उपचारत तामाङको मृत्यु जंगली किरा चिन्दगीको टोकाईबाट भएको अस्पतालको रिपार्ट अनुसार चिकित्सकले पुष्टि गरेको सहकर्मी मास्केले बताए । कोरियामा जंगली किरा चिन्दगीको टोकाईबाट हुने रोगको औषधी पत्ता लागी सकेको छैन ।

केहि दिन अघि देखि ज्यरो आउने, टाउको दुख्ने उल्टी आउने जस्ता रोगको लक्षण देखा परेपछि गर्मीमा हुने साधारण रोग भनी औषधी पसलबाट औषधी किनेर खाएता अवस्था झनझन गम्भीर हुदै गएपछि कंम्पनीको साहुले छनानको सुनछनहयाङ अस्पतालमा भर्ना गरि दिएका थिए ।

दक्षिण कोरियाको स्वास्थ्य सम्बन्धी विगतको तथ्यांङक अनुसार हाल सम्म जंगली किरा चिन्दगीको टोकाईबाट १६० जना रोगले ग्रसित छ भने १९ जनाले ज्यान गुमाई सकेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com