Dambar Subba

ईपीएसका विदेशी मजदुरहरु चरम अन्यायमा
[2017-07-24 오전 7:07:00]

दक्षिण कोरियाको प्रमुख मिडियाहरु मध्ये एक रहेको एसबीएस समाचारपत्रका अनुसार ईपीएस मार्फत दक्षिण कोरिया आएका विदेशी मजदुरहरु चरम अन्यायमा परि रहनेहरुको संख्यामा बृद्धि भई रहेको बताएको छ

गत १६ तारिक ख्यांग्गीदो नाम्यंगजुसीको एक कम्पनीको पारिसरमा विदेशी मजदुरहरुको झोला र सामानमा आगो लगाई दिएर खरानी भई छरपस्ट भएको अवस्थामा थियो । कम्पनीको होस्टेलमा बस्ने कम्बोडियन विदेशी मजदुरको सामान आगो लगाई दिएको थियो । कोठा भित्र पनि भद्रगोल थियो । कम्बोडियन विदेशी मजदुरहरुले तलब नदिएको बिषयलाइ लिएर काम गर्दिन भन्दा कोरियन मजदुरले रिसले सामान बाहिर निकालेर आगो लगाई दिएको हो ।

गत १२ तारिक ख्यांगीदो ह्वासंग स्थित एक कम्पनीमा साधारण काम गर्नको लागि निर्देशन दिइएको थियो राम्ररी नगरेको कारण बनाई एक कम्बोडियन प्रवासी मजदुरले कुटाइ खानु पर्यो । बिदेशी कल्याण केन्द्रका कर्मचरीको अनुसार काम गर्नको लागि दिएको निर्देशन नबुझेर मोबाइल एपबाट कोरियन भाषा अनुबाद गर्नको लागि मोबाइलमा खोजि गरेको थियो, काम गर्ने समयमा किन मोबाईलमा गेम खेली राखेको भनी निर्घात कुटपिट गरिएको थियो ।

मानब अधिकार संघले गरेको निर्माण क्षेत्रको अनुसन्धान अनुसर ६३% विदेशी मजदुरहरुले होच्चाउने बोल्ने, निम्न स्तरीय गाली गलैज गर्ने गरेको कुरा पाइएको छ । २१ प्रतिसतलाई कुटपिट गरिएको र ३९ प्रतिशतले तलब नपाएको विदेशी मजदुरहरुले बताएका थिए। गाली गलौज गरिएका ७१ प्रतिशत, कुटाइ खाने मध्ये ३५ प्रतिशतले कतै उजुरी पनि गर्न नसकेको र क्षेतिपुर्तिको माग पनि गर्न नसकेको कुरा बताएका थियो । भाषाको कमीको कारण र कम्पनी मालिकको स्वीकृती बिना कम्पनी परिबर्तन गरेमा भिषा गुम्ने त्रासले गर्दा चरम अन्यायमा परे पनि सहन बाध्य भएको अनुसन्धानमा उल्लेख छ ।

प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईले कम्पनी मालिकहरुको मस्तिस्कमा प्रवासी मजदुरलाई २-३ बर्ष तोकिएको समयसम्म समाएर राख्न सक्छु आफु खुशी जे गरे पनि हुन्छ भन्ने मानसिकता मौलाएको बताए ।

विदेशी मजदुरहरुले कति हद सम्म अन्यायमा परेका छन भन्ने बारे सरकारी सम्बन्धीत निकायले यथासिघ्र अनुसन्धान गर्नु पर्ने आवश्यकता रहेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com