मञ्जु गुरुइ

दक्षिण कोरियामा मजदुरको तलब बृद्धी
[2017-07-18 오전 10:10:00]

दक्षिण कोरियामा मजदुरको तलब बृद्धी भएको छ । केही दिन देखि लगातार बस्दै आएको न्युनतम ज्याला निर्धारण समितीको शनिबार बसेको ११ औ बैठकले निर्धारण गरे अनुसार सन २०१८ को लागि मजदुरको पारिश्रमीक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धी भएको छ । अर्थात एक हजार ६० वन बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमीक ६ हजार ४ सय ७० वन रहेको थियो ।

ज्याला निर्धारण समितीमा रहेका जम्मा २७ सदस्यहरु मध्ये १५ जनाले पक्षमा र १२ जनाले विपक्षमा मत जाहेर गरेका थिए । समितीमा मजदुर युनियनबाट ९ जना व्यवसायीबाट ९ र सार्वजनिक क्षेत्रबाट ९ जना सदस्य रहदै आएका छन् । बैठकले सो तबल बृद्धी निर्धाराण गरेपछि व्यवसायी पक्षका सदस्यहरु बाहिरीएका थिए ।

मजदुर युनियनले प्रतिघण्टा १० हजार वन हुनु पर्ने माग राख्दै आएका थिए । व्यवसायी संघले भने २.४ प्रतिशत बढाउने पक्षमा रहेका थिए । कोरियामा हरेक वर्ष जुलाई महिनामा मजदुर पारिश्रमीक बढाउने गर्छन् । १० वर्ष पछि यसपाली १० प्रतिशत भन्दा माथि पारिश्रमीक बढेको हो । सन २००७ मा १२.३ प्रतिशत बृद्धी भएको थियो ।

हालै निर्वाचित राष्ट्रपति मुन जे इनले सन २०२० सम्मा प्रतिघण्टा १० हजार वन पुराउने लक्ष्य लिए अनुसार यसपालीको पारिक्षमिक वृद्धीलाई ग्रिन सिंग्नलको रुपमा लिएका छन् ।बृद्धी भएको पारिश्रमीक सन २०१८ सालको पहिलो महिना जनवरीबाट लागु हुने छ



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com