मञ्जु गुरुइ

नेपाली राजदूताबास आइतबार पनि खुल्ने
[2017-07-18 오전 10:06:00]

दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुको मागलाई पुरा गर्दै सउल नेपाली राजदूताबास आइतबार साप्ताहिक विदाको दिन पनि खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नव नियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले सो घोषण गरे ।

कोरिया आउनसाथ नेपालीहरुबाट आइतबार दूतावास खोल्न आग्रह आएकाले कामदारको सुविधालाई ध्यानमा राखी सो दिन दूतावास खोल्ने निर्णय गरेको राजदुत सिंहले बताए । परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशनको आवश्यक्ता नपर्ने, दूताबासलाई कसरी चलाउने आप्mनै जिम्मामा भएकाले अन्य कर्मचारीसंग सल्लाह गरी सो निर्णय गरिएको राजदूत सिंह थपे ।

आइतबारको साटो शुक्रबार विदा गरिने भएकाले अब आइतबारदेखि विहीबारसम्म दूताबास खुला रहेन छ । यसभन्दा अघि दूताबासले कोरियाको सरकारी नीति अनुसार शनिबार र आइतबार साप्ताहिक विदा मनाउदै आएको थियो ।

कोरियामा अधिक्तम संख्यामा रहेका इपिएस कामदारहरुले आइतबार विदाको दिन दूताबास बन्द हुने भएकाले धेरै कठिनाई झेल्नु परेको गुनासो गर्दै आएका थिए । दूताबास जानकै लागि कम्पनीमा विदा लिनु पर्ने र विदा लिए बापत कतै तलब समेत कटाउने गुनासो सहित कामदारहरुले आइतबार दूताबास खोल्न
माग गर्दै आएका थिए ।

आइतबार दूताबास खुलेपछि नेपाली कामदार र विद्यार्थि तथा कोरियन नागरिक थप लाभाविन्दीत हुने भएका छन् । दूताबासको यो कदमलाई कोरियावासी नेपनलीहरुले सकारात्म रुपमा लिएका छन ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com