धन गुरुङ

प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल
[2017-07-18 오전 10:01:00]

सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा मगर एफसीलाई शुन्यको विरुद्ध एक गोलले पछि पार्दै लमजुङ एफसी उपाधी रक्षा गर्न सफल भएको हो ।

खेलको सुरुवातीमै लमजुङ एफसीका कप्तान रमेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाटै थुप्रै प्रहार भए पनि गोल हुन नसकेपछी मगर एफसी उपविजेतामा चित्त बुझाउन बाध्य रह्यो ।

सेमिफाइनलमा लमजुङ एफसीले मनाङ एफसीलाई पेनाल्टी सुटमा र मगर एफसीले धरान एफसीलाई पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका थिए । उपाधीसंगै लमजुङ एफसीले नगद २२ लाख वन, ट्रफी,मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता मगर एफसीले नगद १२ लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा लमजुङ एफसी २ विधामा पुरस्कृत हुँदा मगर एफसीका खेलाडी अनमेश खडकीले उच्च गोलकर्ता भएर ट्रफी र प्रमाणपत्र हात पारे । उत्कृष्ट खेलाडी लमजुङ एफसीका कप्तान रमेश गुरुङ र उत्कृष्ट गोलकिपर लमजुङकै छिरिङ तामाङ घोषित भएका थिए ।

सबै विधाका उत्कृष्टहरुले ट्रफी र प्रमाणपत्र हात पारे । विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि नेपाली दूतावास कोरियाका नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहेको थियो । खेल सोयोसन खेल मैदानमा जुलाई १६ मा सम्पन्न भएको थियो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com