nepalikorea

नवनियुक्त राजदुत सिंहलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
[2017-07-12 오후 9:45:00]

आफ्नो कार्यभार सम्हाल्न भर्खर कोरिया आइपुग्नु भएका कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जङ्ग बहादुर सिंहलाई यहि जुलाइ ९ तारिख सउल नेपाली गुम्बामा आयोजित कार्यक्रममा तमुधी दक्षिण कोरियाको तर्फबाट सफल कार्यकालको कामना गर्दै हार्दिक स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

लामा गुरुहरु द्वारा नेपालिहरुको ग्रह शान्ति,पुजा पाठ ,दीप प्रज्वलन तथा सामुहिक प्रार्थना पश्चात् उक्त स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो।तमुधी सहित करिब एक दर्जन सङ सस्थाले राजदुतको सफल कार्यकालको कामना गर्दै स्वागत गरिएको थियो ।

स्वागत पछि मन्तव्यको क्रममा आयोजक सस्थाका पदाधिकारीहरुले कोरियामा नेपालीहरुले भोगिरहेको समस्याको बारेमा समेत नवनियुक्त राजदुतलाइ अवगत गराइएको थियो।

तमुधीको तर्फबाट अध्यक्ष प्रदिप गुरुङ,वरिष्ठ उपाध्यक्ष पृतम गुरुङ तथा महासचिव श्रीराम गुरुङले राजदुतलाइ खादा पहिराइ स्वागत सहित सम्मान गर्नु भएको थियो।महासचिव श्रीराम गुरुङले सस्था(तमुधी) को संक्षिप्त्त परिचय सहित सस्थाले गर्दै आएको कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com