Dambar Subba

कोरियामा पुन एक नेपालीले आत्माहत्या
[2017-07-12 오후 8:56:00]

ईपीएस मार्फत करिब दुई महिना अघि कोरिया आई जेजुदो टापुकोसानगुमपुरी स्थित रहेको एक घोडा फर्ममा कार्यरत नेपालको स्या¨जा निवासी २६ बर्षिय राम चन्द्र पंगेनीले आत्माहत्या गरेको जेजुदो स्थित स्थानिय एक प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार मृतक पंगेनीसंगै काम गर्ने एक जना नेपाली साथीसंग अनुसन्धान गर्दा नेपालमा मृतक पंगेनीको केटी अर्को केटासंग गएको खबर पाएपछि रातमा नसुत्नेर प्राय गरी मानसिक तनावमा रहने गरेको बताए ।

मृतक पंगेनीले आफनो फेसबुकको स्टाटसमा केहि दिन अघि मात्रै "कसै कसैको माया यती लाग्ने रहेछ कि जसलाई व्यक्त गर्ने शब्दहरु पर्याप्त नहुदा त्यसैले आंशु बनी बहिदिन्छ" भन्दै "कहिल्यै न उठने गरी निदाउनी मन छ" भन्ने मनको भाव लेखेर आत्माहत्या गर्ने संकेत गरी सकेका थिए ।

ईपीएस लागु भएसंगै कोरियामा आत्माहत्या गर्नेनेपालीहरुको संख्या बढदो छ । यस विषयमा सम्ब्न्धीत निकायको ध्यानाकर्षण हुन अति आवश्यक देखिन्छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com