Dambar Subba

शरणार्थी भिसा बनाई दिने नेपाली ब्रोकर पक्राउ
[2017-03-15 오후 4:03:00]

कोरियाको ख्यडगि नामबु क्षेत्रिय प्रहरी कार्यलय अन्र्तगतको अन्र्तराष्टिय अपराध महाशाखाले नेपाल मुलका कोरियन नागरिक ३७ बर्षिय शिव रेग्मीलाई शरणार्थी भिसा बनाउन चाहने १६ जना नेपालीहरुलाई नक्कली कागजात बनाई दिए वापत प्रति व्यक्ति ३ देखि ७ लाख सम्म लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान गरि रहेको बताएको छ ।

प्रहरीले ब्रोकर रेग्मीसंगै ३२ बर्षिय अर्को पि नाम गरेको एक नेपालीलाई पनि थप पक्राउ बताएको छ । उनीहरुसंगै घर भाडामा बसेको नक्कली कागजात बनाई दिने कोरियन ५ जना रियल स्टेट संचालकहरुलाई पनि पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार रेग्मीले सुवनमा रेष्टुरेन्ट स.चालन गर्दे फेसबुक मार्फत आफुलाई सिओल अध्यागमन विभागका दोभाषेको काम गर्ने संकेत गर्दे शरणार्थीको निवेदन दिन चाहने नेपालीहरुलाई चाहिने कागजात मध्ये घर भाडाको नक्कली कागजात बनाई दिए वापत प्रति व्यक्तिबाट ३ देखि ७ लाख लिएर रियर स्टेट संचालक कोरियन नागरिकलाई प्रति व्यक्ति २ लाख दिने गरेको अनुसन्धानबाट थाहा भएको बताएको छ ।

एक २८ बर्षिय नेपाली महिला लगायत अन्य १६ जनाबाट घर भाडामा बसेको लगायत अन्य नक्कली कागजात बनाई अध्यागमन विभागमा पेश गरि अस्थाई शरणार्थीको भिसा लिएको अनुसन्धानमा थाहा भएको प्रहरीले पुष्टि गरेको छ ।

ईपीएुको भिसा सकिए पश्चयात अध्यागमन विभागमा शरणार्थीको निम्ति निवेदन दिए पछि ६ महिना भए पनि वैधानिक तवरमा कोरियामा बसोबास गर्न पाउने नियमको प्रयोग गरेकोहो ।

प्रहरीका अनुसार ४२ बर्षिय रियल स्टेट संचालक कोरियन नागरिकले ७६ बर्षिय कोरियन घर धनीलाई समेत थाहा नदिईथोजाड बनाई१६ जना नेपालीहरुलाईसो घरमा बसोबास गरि रहेको कागजात बनाई दिएता पनि सो घरमा १ जना पनि बस्ने नगरेको अनुसन्धानमा भेटिएको बताए ।

प्रहरीले पक्राउ परेका रेग्मीको रेष्टुरेन्ट तथा कार्यलयमा खोजतलासी गर्दा अधिकतम घर भाडाको नक्कली कागजातहरु फेला पारेको बताउदै यस अपराधमा अन्य पनि संलग्न हुन सक्ने अनुमान गर्दे अनुसन्धानलाई बृहत बनाउने योजना रहेको बताए ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com