nk

निर्वाचनमा सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीलाई, ७५ हजार म्यादी प्रहरी खटिने
[2017-03-01 오후 9:15:00]

आशन्न स्थानीय तहको निर्वाचन लक्षित सुरक्षा योजना पारित भएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको हो । गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको बैठकले नेपाली सेना सहित गृह अन्तर्गतका तीन वटै निकाय परिचालन गर्नेगरी बनाएको योजना पारित गरिएको हो ।

निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । यस अगाडिका निर्वाचनझै नेपाल प्रहरीले मुख्य सुरक्षा जिम्मेवारी पाएको हो । सशस्त्र प्रहरीले भने नेपाल प्रहरीलाई सघाउने छ। यसअघिको निर्वाचन सुरक्षा रणनीति अनुसारनै सशस्त्र प्रहरीले जिम्मेवारी पाएको हो । नेपाली सेनाले अन्तिम सुरक्षा दिने छ । यसले सुरक्षाको अन्तिम घेराको सुरक्षा गर्नेगरी योजना बनाईएको छ ।

२०७४ बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा सबै सुरक्षा निकायका २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यसमा ७५ हजार म्यादी प्रहरी खटिने छन्। गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए।

बैठकमा गृहसचिब लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महत लगायत उपस्थित थिए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com