nk

किमको हत्या आरोपीमाथि मुद्दा दायर, फाँसीको सजाय हुन सक्ने
[2017-03-01 오후 9:13:00]

उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाइ किम जोङ–नामको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई महिलामाथि औपचारिक रूपमा मुद्दा दायर गरिने भएको छ ।

हत्यापछि दुई सातासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि इन्डोनेसियाली महिला सिती आइस्याह र भियतनामकी डोन थी हुङमाथि मुद्दा चलाइने मलेसियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

ती महिलामाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड) को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिने कार्यालयमा अधिकारीले बताए । अदालतद्वारा आरोप प्रमाणित भए ती दुई महिलालाई फाँसीको सजाय हुनेछ । क्वालालम्पुर विमानस्थलमा मकाउको विमान पर्खिरहेका बेला उनीहरूले किमको अनुहारमा विषालु पदार्थ छयापेका थिए।

उक्त पदार्थ भिएक्स नर्भ एजेन्ट नामको विषालु रसायन भएको परीक्षणबाट पुष्टि भएको थियो । भिएक्स नर्भ एजेन्टलाई राष्ट्रसंघले आमविनाशकारी हतियारको रूपमा वर्गीकृत गरेको छ । मलेसियाली प्रहरीले किमको आँखा र अनुहारको नमुनामा नर्भ एजेन्ट फेला परेको जनाएको छ ।

प्रहरीले उक्त प्रतिबन्धित विषालु रसायन कसरी भित्रियो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । मलेसियाले किमको हत्यामा उत्तर कोरियाको हात रहेको आशंका गर्दै आएको छ भने उत्तरले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

हत्याको आशंकामा प्रहरीले ४ जनालाई हिरासतमा लिएको छ भने मलेसिया स्थित उत्तर कोरियाली दूतावासका कूटनीतिज्ञ सहित ७ उत्तर कोरियालीको खोजी गरिरहेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com