nk

आफ्नो सपनामा दलित समुदायको साथ रहेको प्रधानमन्त्री प्रचण्डको भनाई
[2017-02-27 오후 2:13:00]

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन् । उनले दलित समुदाय सबै किसिमका उत्पिडनमा परेको स्वीकार गरे । सोमबार बिहान वालुवाटारमा विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्री दाहालले दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको स्वीकार गरेका हुन् ।

राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गरेको बताउँदै दाहालले त्यसका विरुद्ध आफूले संघर्ष गरेको बताए । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागेको प्रधानमन्त्रीको भनाई थियो ।
विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री दाहालले सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने जानकारी दिए ।

भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com