nk

बालाजुमा सवारी दुर्घटना, एक महिलाको मृत्यु, अर्का घाईते
[2017-02-27 오후 2:09:00]

काठमाडौंको बालाजु नजिकै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भने अर्का एक घाइते भएका छन् । बालाजुस्थित फुलबारी गेटमा आज बिहान ५ बजेतिर ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको ज्यान गएको हो । चालक ३८ वर्षीय राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिएपछि बस भित्तामा गएर ठोक्किएको थियो ।

दुर्घटनापछि आक्रोसित भिडले सडक अबरुद्ध पारेका छन् । घटनाको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका कारण बालाजु बाइपास क्षेत्रको सवारी प्रभावित भएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com