Nk

बाग्लुगमा एकैरात एक सहकारी, एक विकास बैंक र एउटा सुनचाँदी पसल तोडफोड गरि चोरी
[2017-02-27 오후 2:07:00]

बाग्लुग बजारमा एकैरात एक सहकारी, एक विकास बैंक र एउटा सुनचाँदी पसल तोडफोड गरि चोरीको प्रयास भएको छ ।

गएराती बाग्लुग बजारको महेन्द्रपथमा रहेको साँग्रिला डेभलपमेण्ट बैंक, शुभलाभ सहकारी, र सगरमाथा सुनचाँदी पसलमा तोडफोड गरी चोरीको प्रयास भएको हो । रातीको समयमा कार्यालयको गेट फोडेर भित्र पसेका उनीहरुले कार्यालयका अधिकांश कागजातहरु रहेको स्थानमा पसेपनि धनमाल भएको स्थान भने प्रवेशनै नगरेको शुभलाभ सहकारीका अध्यक्ष इश्वर राजभण्डारीले जानकारी दिए ।

यसैगरी महेन्द्रपथमा रहेको साँग्रिला बैंकको च्यानलगेट तोडफोड भएको तर कुनै धनमाल चोरी नभएको बाग्लुङ प्रहरी प्रमुख डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

लालीगुराँसचोकमा रहेको सगरमाथा सुनचाँदी पसलमा भने केही सुनचाँदीका गहना चोरी भएकाले पसल, बैंक र सहकारीका सिसीटिभी फुटेजमार्फत अनुसन्धान अघि बढेको डिएसपी खड्काले बताए । बाग्लुङ बजारका चोकहरुमा समेत सिसी टिभी जडान भएकाले घटनाबारेको अनुसन्धान सहज हुने प्रहरीको अनुमान छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com