nk

अमेरिकामा एक भारतीय इन्जिनियर सहित तीन जनामाथी गोली प्रहार
[2017-02-24 오후 9:25:00]

अमेरिकामा एक भारतीय इन्जिनियरसहित तीन जनामाथी गोली प्रहार भएको छ । गोली प्रहारबाट इन्जिनियरको ज्यान गएको छ । भने अन्य दुई जना घाईते भएका छन् । अमेरिकाको कंसासमा पूर्व जलसेना समेत रहेका अमेरिकी ५१ वर्षीय ऐडम पुरिन्टनले गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली हान्ने बेला पुरिन्टनले उनीहरुलाई ‘मेरो देशबाट निस्किहाल’ भनेका थिए ।

स्थानीय मिडियाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै यो नस्लवादी हमला भएको र हमलाकर्ताले गोली चलाउनुपूर्व चिच्याएर ‘मेरो देशबाट निस्केर जा’ भनेका थिए । गोली प्रहार गर्ने पुरिन्टनलाई प्रहरीले छिमेकको मिसुरी राज्यबाट पक्राउ गरेको छ । हमलाकर्ताले दुबै भारतीयलाई मध्यपूर्व मूलको ठानेर हमला गरेको हुनसक्ने अनुमान गरिएको । यद्यपी, प्रहरीले अहिले यसबारे केही पनि बोलेको छैन ।

स्थानीय पुलिस र एफबीआईको भनाई अनुसार उनीहरु हरेक पत्रको अनुसन्धान गरिरहेका छन् तर अहिले यो कुनै नस्लवादी हमला हो होइन भन्ने विषयमा केही भन्न सकिन्नँ । पुलिसका अनुसार दुबै भारतीयमध्ये एक, ३२ वर्षीय श्रीनिवास कुचीवोतलाको अस्पतालमा मृत्यु भएको हो ।

यस्तै हमलामा घाइते ३२ वर्षीय आलोक मदासानी र २४ वर्षीय इएन ग्रिलाटको स्थिती स्थिर भएको बताइएको छ ।कुचीवोतला र मदासानी दुबै क्यान्ससको ओलेश शहरमा जीपीएस बनाउने कम्पनी गारमिनमा इन्जिनियर थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com