एजेन्सी

अमेरिकाभरका विभिन्न राज्यबाट एकसातामै ६ सय आप्रबासी पक्राउ
[2017-02-14 오후 11:09:00]

इमिग्रेशनको छापामा एकसातामा ६ सय जना आप्रबासी पक्राउ परेको पुष्टी भएको छ । अमेरिकाभरका ११ वटा राज्यबाट कम्तीमा ६ सय जना पक्राउ परेको र पक्राउ परेकाहरुमध्ये ४० जना न्युयोर्क सिटीका रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

पक्राउ परेकाहरु कुनै न कुनै किसिमले अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको अधिकारीहरुको दावी छ । आफूहरु वालमार्टमा काम गर्नेको कागजात परिक्षण गर्न नजाने र कसलाई आफूहरुले खोजि रहेको भन्नेमा आफूहरु स्पष्ट रहेको अधिकारीहरुले बताएका छन् ।

इमिग्रेशनको छापामा लस एन्जलस क्षेत्रमा ६०० जना पक्राउ परेको जनाइएको छ । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् । थप दुईसय जना नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा पक्राउ परेका छन् ।

त्यस्तै २ सय जना इलिनोय, इन्डियाना, कन्सास, केन्टकी, मिजौरी र विसकन्सिनमा पक्राउ परेका छन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com