एजेन्सी

अष्ट्रेलियाको समुद्री तटमा एक नेपाली युवती मृत भेटिए
[2017-02-14 오후 10:47:00]

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेपाली छात्राको शब भेटिएको हो । तर उनको पहिचान हुन सकेको छैन । कलेजका साथीहरुका अनुसार उनी नेपालकी हुन् । उनको परिवार अहिलेसम्म सम्पर्कमा नआएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

उद्धार संस्थाका सदस्यले उनको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए । उनको मृत्यु पानीमा डुवेर भएको प्रहरीले बताएको छ । पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युले भनेका छन्, त्यतिबेला उनीसँग एक युवा पनि सँगै थिए । दुवैसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ ।

‘हामीले अहिलेसम्म ती युवालाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए’ इन्स्पेक्टर एन्थोनीले भने, ‘हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।’

इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् । हराइरहेका युवाको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com