एजेन्सी

तामिलनाडूकी नेतृ शशीकलालाई ४ वर्षको जेल सजाय
[2017-02-14 오후 10:39:00]

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गर्दै तामिलनाडूकी नेतृ शशीकला देवीलाई ४ वर्षको जेल सजाय सुनाईएको छ । भारतीय सर्वोच्च अदालतले सम्पत्ति सुद्धीकरणसम्बन्धी १९ बर्ष पुरानो मुद्दामा दोषी ठहर गर्दै ४ वर्षको जेल सजाय तोकेको हो । भारतीय हाइकोर्टको फैसला बदर गर्दै सर्वोच्च अदालतले आयभन्दा धेरै सम्पत्ति राखेकोमा दोषी ठहर गरेपछि उनलाई सजाय तोकेको हो ।

सुप्रिम कोर्टका न्यायाधीश माइकल कुन्हाको इजलाशले सम्पत्ति शुद्धीकरणमा पूर्वमुख्यमन्त्री जयललिता र शशीकलालाई दोषी ठहर गरेको हो । जयललिताको निधन भइसकेकाले उनलाई आरोपमुक्त गरिएको छ।

१९ बर्ष पहिला तत्कालीन जनता पार्टीका अध्यक्ष तथा अहिलेका भाजपा नेता सुब्रमण्यम स्वामीले उनीहरु बिरुद्ध मुद्दा दायर गरेका थिए । सुप्रिम कोर्टको फैसलापछि उनले ट्वीटरमा २० बर्षपछि आफ्नो जित भएकोमा खुसी व्यक्त गरेका छन् ।

अदालतको आदेशसँगै तामिलनाडू प्रहरी उनको गिरफ्तारीका लागि गोल्डेन बे रिसोर्ट पुगेको छ । जहाँ उनी आफ्ना सांसदहरुसँग छिन् । तामिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएपछि शशिकलालाई सत्ताधारी एआइएडीएम पार्टीको संसदीय दलको नेता तथा पार्टीको सर्वोच्च नेता बनाइएको छ । उनी मुख्यमन्त्री दाबेदार हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार शशिकला कारवाहीमा परेपछि एआइएडीएम पार्टीको सर्बोच्च नेताको रुपमा पलिनसामीलाई नियुक्त लगरिएको छ । अब उनै तामिलनाडूका मुख्यमन्त्री हुनेछन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com