|
 |
एनके संवाददाता 
|
 |
एमाले केन्द्रीय कमिटीमा बैठक जारी |
| [2010-03-08 오후 3:31:00] |
.jpg)
|
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । पार्टीर्यालय बल्खुमा बसिरहेको बैठकमा संविधानसभाका प्रावधानका विषयमा नेकपा एमालेभित्रै विवाद उत्पन्न भएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा राज्यपुनर्संरचना र शासकीय स्वरुपमा बारेमा भनाइ राख्ने क्रममा नेताहरुले फरक फरक धारणा राखेका छन् ।
यसअघि विवाद मिलेको बताए पनि फेरि संस्थापन पक्ष र ओली पक्षको लाइनमा सदस्यहरुले कुरा राखेको एक सदस्यले जानकारी दिनुभयो । आज बस्ने बैठकमा पनि राज्यपुनर्संरचना र शासकीय स्वरुपका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
हिजो भनाइ राख्ने क्रममा अधिकांस सदस्यहरुले विशेषज्ञको सुझावका आधार टुङ्ग्याउने पर्ने धारणा राखेका थिए । शासकीय स्वरुप अर्न्तगत प्रधानमन्त्री चयन गर्ने क्रममा पनि यसअघिको विवाद बल्झीएको छ । अध्यक्ष झलनाथ खनाल पक्षधरले प्रत्यक्ष चुनावबाट प्रधानमन्त्री छान्नुपर्ने बताएका छन् भने केपी शर्मा ओली पक्षले संसबाट प्रधानमन्त्री छान्नुपर्ने पक्षमा छन् । आजको बैठकले त्यसबारेमा एकमत धारणा बनाउन सक्ने सचिव ज्ञवालीले बताउनुभयो ।
|
|
|
|
|

|
|
|