नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

जेठ १४ गते संविधान जारी गर्न सकिने विकल्पबारे छलफल सुरु
    [2010-03-08 오후 3:20:00]



संविधान निर्माणका लागि बनेको संविधानसभाको मुख्य समितिले संविधान जारी गर्न सक्ने विकल्पका बारेमा छलफल सुरु गरेको छ । दलहरुको विवादका कारण जेठ १४ मा पूर्ण संविधान जारी गर्न सक्ने सम्भावना कम देखिएकाले त्यसको विकल्पमा छोटो संविधान जारी गर्ने या समय थप्न सकिने विषयमा छलफल सुरु भइसकेको छ ।

संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुको विवादले नवौं संसोधन अनुसार पनि काम हुन नसकेकाले समिति आफ्नो तर्फबाट प्रष्ट कुरा दलहरुलाई भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले समिति अहिले अबको समय अवधिभित्र गर्न सकिने र नसकिने कामको विषयमा छलफल रहेको र मंगलबार दलहरुसँग छलफल गरेपछि त्यसको केही हदसम्म छिनोफानो हुने बताउनुभयो ।

नवौं पटक संशोधित कार्यतालिका अनुसार नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्न नसकिएपछि कसरी अगाडि बढ्ने भन्ने बिषयमा समिति छलफलमा लागेको हो । संविधानसभा अध्यक्ष सुवास नेम्बाङले तोकिएको मितिभित्रै संविधान जारी गर्न दलहरुबीचको मतभिन्नता अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको छलफलमा उहाँले संविधान लेखनको समय सिद्धिन लागेकाले दलहरुबीच सहमति भएमात्र तोकिएको समयमै संविधान जारी गर्न सकिने बताउनुभयो । ऐतिहासिक जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न दलहरुले आफ्ना आन्तारिक सम्ास्यालाई थाँती राखेर भए पनि संविधान लेखनको कार्यमा लाग्न अध्यक्ष नेम्बाङले ध्यानकर्षण गराउनुभयो ।





Nick Name     
comment