|
 |
नेमिष 
|
 |
पानी पर्ने क्रम जारी, केही ठाउँमा पनि हिमपात |
| [2010-02-09 오후 3:30:00] |
.JPG)
|
आज उपत्यकालगायत देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ । पानी विशेष गरी पश्चिमी क्षेत्रमा बढी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो पश्चिमी क्षेत्रबाट आएको र पूवक्षेत्रमा र्सर्दै गएको छ । यसको प्रभाव लामो नरहने मौसमविद्हरुले बताएका छन् । पश्चिम क्षेत्रमा बढी पानी परेको र पूवमा कम परेको छ । गएराती परेको वषाको मापन अनुसार डडेल्धुरामा सबैभन्दा बढी ४९ ड्रि्री सेल्सियस पानी परेको छ ।
यसैबीच हिमालपारिको जिल्ला मनाङमा गएरातीदेखि भीषण हिमपात भएको छ । उच्च क्षेत्र लगायत मनाङका १३ वटै गाविसमा हिपमात भएपछि जनजीवन कष्टकर बनेको छ । गएरातीदेखि एक्कासी परेको वषासंगै हिमपात भएपछि एक्कासी बढेको जाडोले कोही पनि बाहिर निस्कन नसकेका मनाङका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।
हिमपातका कारण टेलिफोनको रिसिभर तथा तारमा खराबी उत्पन्न भएपछि मनाङ सदरमुकाम चामेमा ल्याण्ड लाईन टेलिफोन, नमस्ते मोबाईल र सीडीएमए मोवाईल सेवा अवरुद्ध भएको छ । त्यस्तै, हिमपातका कारण लमजुङका उच्च पहाडी क्षेत्रका गाउँहरुमा विहानैदेखि शुरु हुने दैनिक कार्यहरु रोकिएका छन् ।
उत्तरी क्षेत्रका ताघ्रिङ, घेर्मु, वाहुनडाँडा, भुल्भुले, उत्तरपूर्वीका दूधपोखरीर्,र् इलमपोखरी, घनपोखरा गाउँ विकास समितिका अधिकांश भागमा पनि हिउँ परेको छ । लमजुङका ६१ ग्ाविसमध्ये अधिकांशका उच्च क्षेत्रमा अहिले हिउँ परिरहेकाछन् भने बाँकी सवै गाविसमा पानी परेको छ । हिमपात र पानी परेका कारण लमजुङको जनजीवन पनि कष्टकर बनेको छ ।
|
|
|
|
|

|
|
|