|
विनय 
|
 |
कोसी वाढीपिडितद्वारा आन्दोलनको चेतावनी |
| [2010-02-09 오후 3:13:00] |
कोसी पीडितहरुले आफुहरुको समस्या समाधान गर्ने तर्फसरकार उदासिन रहेको भन्दै पुन आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोशीपिडित पश्चिम कुसहाका वासीहरुले राज्यले घोषणा गरे अनुरुपको सेवा सुविधा समेत दिन आनाकानी गरेकोले लामो समयसम्म आफुहरु पुनस्थापीत हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
१९ बुदे माग आगाडी सार्दे कोसीपीडितहरुले फल्गुण १० गतेदेखि नया चरणको आन्दोलन थाल्ने कोसी वाढीपीडित संर्घष् समितीका अध्यक्ष देबनारायण बहरखेरले आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो वताउनु भएको हो ।
पञ्चनारायाण मण्डल नेतृत्वको अर्का कोसी पिडित सङ्र्घष्ा समितिले भने पुराना कोसी पिडितसँग मिलेर आन्दोलन गर्दे आएका छन् । सुकुम्वासी समस्या, कृषी, जलस्रोत, मुआब्जा लगायतका सवालमा राज्यले घोष्णा गरिसकेको सुबिधा पनि नदिइरहेको भन्दै पीडितहरुले अबको आन्दोलन हुने बताएका छन् ।
कोसीको पुर्वी तटबन्ध सुनसरीको पश्चिम कुसहामा भत्केपछि पीडित भएका हरिपुर, श्रीपुर र पश्चिम कुशाहाका करिव ५० हजार घरवार विहिन भएका छन् ।
|
|
|
|
|
|
|