|
 |
विनय 
|
 |
कोशी टप्पुमा एक अर्ना सहित ९ गिद्ध मरे |
| [2010-02-09 오후 3:11:00] |

|
दुलभ जन्तु अर्ना र गिद्धको राम्रो वासस्थान मानिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा एउटा अर्ना र ९ वटा गिद्ध मरेको अवस्थामा फेला परेका छन् । बिभिन्न कारणले बिश्ववाटै गिद्ध लोप भइरहेको समाचार र्सार्वजनिक भइरहेका बेला राम्रो वासस्थान भनेर आरक्षले दावी गरिरहेको टप्पुमा एकै पटक ९ वटा गिद्ध मरेको अवस्थामा फेला परेको आरक्षले जनाएको छ ।
गिद्धको ठूलो संख्या आरक्षमा रहेपनि अहाराको खोजीमा अन्यत्र गएका गिद्धहरु डाक्लोफेनाक नामक औषधी प्रयोग भएको मरेको पशुको मासु खाएकाले मर्न थालेको संरक्षण अधिकृत निलाम्वर मिश्रले दावी गर्नुभयो । यता बिश्वमै दुलभ अर्नाको लागि प्रख्यात कोसी टप्पु बन्यजन्तु आरक्षमै शिकारीहरुले गोली हानी मारेको अवस्थामा फेला परेको छ ।
पछिल्लो गणना अनुसार कोसी टप्पु आरक्षमा २ सय १९ अर्ना रहेकोमा गोली लागी मरेको अवस्थामा हिजो फेला परेको हो । कोशी टप्पु आरक्षका कर्मचारीहरुकै मिलेमतोमा दिनदहाडै चोरी शिकारी हुने गरेको जनगुनासो वाहिर आईरहेकै वेला आयरल्याण्डका एक पर्यटकलाई डुंगामा घुमाउन गएका गाईड राजकुमार सिंहले अर्ना मरेको देखेपछि मात्र अर्ना मारिएको कुरा खुल्न आएको हो ।
|
|
|
|
|

|
|
|