|
एनके संवाददाता 
|
 |
प्रधानमन्त्री र मन्त्रीहरुको भ्रमणको खर्च विवरण माग |
| [2010-02-09 오후 3:06:00] |
व्यवस्थापिका संसद्को र्सार्वजनिक लेखा समितिले प्रधानमन्त्री र मन्त्रीहरुले स्वदेश र विदेशमा गरेका भ्रमणको सम्पूण् खर्च विवरण एक हप्ताभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
समितिको आज बसको बैठकले मन्त्रीहरुका भ्रमणमा राज्यकोषको दुरुपयोग भएको ठहर गर्दै खर्च विवरण उपलव्ध गराउन निर्देशन दिएको हो । समितिले यसअघि बुझाईएका खर्च विवरण अपूरो भएको भन्दै आपत्ति प्रकट गरेको छ । यसअघि पठाएका विवरण अपूण् रहेकोले सम्पर्ण् विवरण एक हप्ताभित्र बुझाउन निर्देशन दिइएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
समितिमा बुझाइएको विवरणअनुसार धेरै खर्च गर्नेमा विनाविभागिय मन्त्री लक्ष्मणलाल कर्ण्र् वनमन्त्री दीपक बोहरा, शान्ति मन्त्री रकम चेम्जोङलगायत छन । समितिले मन्त्रीहरुले भन्दा राज्य र सहायक मन्त्रीहरुले भ्रमण भत्ताका नाममा अनियमितता गरेको आशंका गरेको छ ।
|
|
|
|
|
|
|