|
 |
एनके संवाददाता 
|
 |
सुरक्षा निकायको असक्षमताले गर्दा शाहको हत्या -प्रधानमन्त्री |
| [2010-02-10 오후 5:17:00] |
.jpg)
|
प्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा निकायको असक्षमताका कारण सञ्चार व्यवसायी जमिम साहको हत्या भएको स्वीकार गर्नुभएको छ । बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले दिन दहाडै काठमाडौंको व्यस्त सहरमा गोली हानी हत्या हुनु भनेको गृहप्रशासनको कमजोरी भएकाले आफुले गृहमन्त्रीलाई यो घटनालाई गम्भीरताका साथ हेनका लागि आग्रह गरेको बताउनु भयो ।
यसैबीच स्पेसर्टाईम नेर्टवर्कका सञ्चालक जमीम साहको हत्यामा अन्तर्राट्रय अपराधिक सञ्जालको हात रहेको हुन सक्ने आशंका गरेको छ । सुरक्षा समितिको आज बसेको बैठकले हत्या गर्नेहरु पेशेवर हत्याराहरु भएको ठहर गरेको छ । गृहमन्त्रालयमा बसेको बैठकमा हत्यारालाई छिट्टै कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रतिवद्धता जनाईएको काठमाडौं प्रहरी प्रमुख गणेश केसीले जानकारी दिनुभयो ।
गृहराज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पार्ने बारेमा छलफल भएको छ । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले आज गोली लागी मृत्यु भएका जमीम शाहको परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले पनि शाहको परिवारलाई भेट्नु भएको छ ।
सरकारले जमीम शाहको हत्या बारे छानवीन गर्न पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले गठन गरेको समितिमा न्यायाधीश गोविन्द पराजुली संयोजक रहनुभएको छ ।
यसैबीच शाहको हत्याको जिम्मेवारी छोटे राजन समूहबाट अलग्गिएका भरत नेपालीले आफूले गरेको दावी गरेका छन् । एभन्यूज टेलिभिजनलाई फोनबाट नेपालीले आफूहरुको संलग्नता र योजनामा शाहको हत्या गरिएको दावी गरेको बताइएको छ ।
|
|
|
|
|

|
|
|