त्यस्तो साहित्य आजसम्म महिलाले लेखेका छैनन्
2017-07-20   प्रकाश अधिकारी  



‘वादी विज्ञप्ति’ कवितासङ्ग्रह र ‘लेखककी स्वास्नी’ उपन्यास लेखेर निकै चर्चित बनेकी कवि तथा उपन्यासकार हुन् प्रगति राई। उनको नयाँ उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशनको तयारीमा छ l उनीसँग सामसामयिक साहित्यबारे पर्ल स्ट्रीट जर्नलका लागि प्रकाश अधिकारीले गर्नुभएको सालिन कुराकानी :

Q.समसामयिक साहित्यमा प्रेम र यौनका बारे यहाँकोधारणा ?
-आदिमकालमा प्रेम र यौनलाई पढ्नको लागि छुट्टै फ्रायड पढ्नुपथ्र्यो । तर आजभोलि प्राय सबै मानिसहरूले सबैखाले प्रवृतिलाई बुझ्ने र हेर्ने गरेका छन् । यसका फाइदा भन्दा पनि बेफाइदा धेरै छ । किन कि हल्कापुल्का अध्ययनले नै समाज अगाडि बढ्दोछ । गहन अध्ययन प्रायमा छैन । मैमा पनि छैन । म अर्को ड्याङकी मूली होइन । आधा गाग्री पानी र आधा सिकाइ उस्तै खतरा हुन्छ । यीनै आधा शिक्षालाई आजका लेखकहरूले आफ्ना सृजनामा पनि मिसाउँदै आएका छौ । अहिले पाठक पनि त्यस्तै मात्रामा विकसित भएको छ । अर्कोतिर लेखेर खाना पुगोस् दिन पुगोस् भन्ने ध्याउन्नमा पनि लाग्नु परेकाले बजारको माग अनुसार कृतिलाई स्वादिष्ट बनाउन प्रेम र यौनको प्रयोग हुदै आइरहेको छ । प्रशंगवश प्रयोग हुनु त स्वाभाविकै हो, कहि कतै अस्वभाविकता पनि देखिन आउँछ । यसमा पाठकको खबरदारीको जारुरी छ । कुनै पनि आपूmले पढेका कृतिबारे पाठकले नडराइकन लेखे मजस्ता नयाँ लेखकहरूले सुध्रिने मौका पाउने थियौं ।

२. अश्लील साहित्यमा महिला वर्गको शोषण उत्पीडनमा केही प्रभाव हुन्छ या हुँदैन ? यदि हुन्छ भने यस विरुद्धमा महिलालाई कसरी सचेत गर्ने ?
-अवश्य नै हुन्छ । हाम्रो केही हिस्सा पुरुष अभैm पनि अश्लिलतामा रमाउने भएकाले यीनैमाथि व्यापार गर्न महिलालाई हदैसम्मको खेलौना बनाएर पुरुषले नै कथा बुनेको हुन्छ । यसको उद्देश्य अरु केही नभएर क्षणिक मनोरञ्जनका लागि व्यापार गर्नु हो । र त्यो मनोरञ्जन लिने व्यक्तिको मस्तिष्कमा महिलाप्रति नकारात्मक भावना झ्यागिसकेको थाहै पाउँदैन । र अनेकन विकृतहरूमा मुछिन पुग्छ । प्रथाको अन्त्य हुन पिडक र पिडित दुवै शिक्षित बन्न जरुरी छ । बरु यस्तो कानून बनोस् कि कुनै पनि कृतिमा महिलाले आपूm वा आफ्नो जाति अपमानित भएको कुरा जाहेरी गर्न पाओस र त्यस्ता कृतिलाई कारवाही होस् । अर्कोको कुरा महिलालाई कसरी सचेत गर्ने भन्ने कुरा छ, त्यो अश्लिल साहित्य आजसम्म महिलाले लेखेका छैनन् । सचेत भएर नै नलेखेका हुन् । बरु पुरुषलाई कसरी सचेत गराउने भन्नेतिर जाऔं ।

३. अभिव्यक्तिका लागि उपन्यास र कवितामध्ये कुन बढि सहज ठान्नुहुन्छ ?
-दुवैलाई तुलना गरिहेर्दा कविता अलिक सजिलो लाग्छ । थोरै लेखेर पनि धेरै कुरा अटाउन पाइन्छ ।

४. नेपाली साहित्यमा उपन्यासको चर्चा बढि हुने भएर त्यता लागेको त होइन ?
-त्यस्तो होइन । आफ्नो कुरा मज्जाले भन्न पाइने भएकाले उपन्यासतिर लागियो । कवितामा धेरै पात्रहरू राख्न अप्ठेरो हुन्छ । उपन्यासको परिधि फराकिलो हुने भएकोले उपन्यासतिर लागियो । हुन त मेरा कविता भन्दा उपन्यास जेठो हो । तर भिरमा डोजर लैजान सुरुमा बेल्चाले डोरो बनाएजस्तो कवितालाई अगाडि प्रकाशन गरियो । चर्चाको कुरा गर्दा राम्रा लेख्नेका लागि कविता, उपन्यास, गीत, गजल जेसुकै लेखेपनि चर्चा हुन्छ नै ।

५. समग्र नेपाली साहित्यको स्तरचाहिँ कस्तो छ ?
-आजभन्दा दशवर्ष पहिले लेखक पनि थोरै थिए र पाठक पनि थोरै नै । त्यस हिसाबमा साहित्य निक्कै स्तरीय थिए आजकल स्तर खस्कियो भन्ने भान हुन्छ । तर त्यस्तो छैन । आज पनि वैरागी काइलाका ईश्वरवल्लभ, भूपिकाजस्ता कविता लेखिन्छन् । इन्द्र बहादुर राई, देवकोटाकाजस्ता उपन्यास लेखिन्छ नै । बजार बढेको छ । बरु विभिन्न पाठकको रुचिलाई हेरेर स्रष्टाले कृति सृजना गरिदिएकाछन् । पाठक अनुसारको कृति आउनाले स्तर घटेको होकि जस्तो लाग्छ । सबै कृतिलाई एकमुष्ट मूल्याङकन नगरी विषयगत निरिक्षण गर्ने हो भने साहित्यका स्तर बढोत्तरीमै छ ।

६. अचेलका सृजनाहरू ‘चिचि पापा खान देऊ’ भन्नेजस्ता आउन थाले किन होला ?
-मैले माथि नै भनिसकें कि आजकल पाठकका पनि विभिन्न वर्ग छ र त्यहि वर्गलाई लक्षित गरेर लेखिनेहुदा त्यस्ता कृति नआएका होइनन् । तर बजारमा पाठकले आपैm आफ्नो स्तरका कृति खोज्दा नपाइने होइन । आफ्नो स्तर आपैm कायम गर्नुपर्छ । साहित्य आजभोलि व्यापारीकरण भएको चाहिँ पक्कै हो । विचारलाई भन्दा बिक्रिलाई मध्यनजर गर्ने लेखक र प्रकाशकको भीड लागेको छ ।

७. साहित्य र कलाले वर्गीय स्वरुपको प्रतिनिधित्व गरेको हुन्छ कि हुदैन ?
-यी दुवैको कामै त्यहि हो । राजनीतिले आफ्नो विचार सिधै प्रहार गर्छ । तर साहित्य र कलाले चाहि अफिमजस्तो मानिसलाई सुस्तरी विचार प्रवाह गर्दछ । साहित्यमा अनेकन वादहरू आए, ती वर्गीय प्रतिनिधिकै लागि लेखिएका थिए ।

८. लेखेर यहाँसम्म आइपुग्दा आपूmले लेखेको साहित्यबारे कतै आत्मनिरिक्षण गर्ने महशुस गर्नुभएको छ ?
-म पटक–पटक आत्मनिरिक्षण गर्छु । पहिलेको उपन्यासमा थोरै कला र धेरै विचार भएछ । यसपल्टको उपन्यास ‘बिर्सेको मुत्यू’मा सक्दो कला भर्ने प्रयास गरेकोछु । आपैmले लेखेका कविताहरू पनि पटक–पटक पुनर्लेखन गरेकोछु ।

९. नेपाली साहित्यमा तपाईलाई असाध्यै मनपर्ने कविता र उपन्यासहरू कुनकुन हुन ?
-म इन्द्रबहादुर राईको उपन्यासहरू सबै पढ्थें । म महिलावादी भएको नाताले उनका उपन्यासहरूमा महिला प्रधान भएको मलाई खुब मन पर्छ । सुम्निमा पनि मैले मन पराएर पढेको उपन्यास हो । तर सुम्निमा राईहरूले जलाए । हुन त परिवर्तनमा व्राम्हण अघि छ भन्ने देखाइएको छ उपन्यासमा । तर सुम्निमालाई पनि कमजोर पारिएको छैन । बरु एक किरात महिलामा व्राम्हणको वेदलाई परास्त पार्ने क्षमता रहन्छ भन्ने कुरा देखाइएको छ । उपन्यास जलाउनुको कारण देख्दिनँ । कविताहरू पारिजातका धेरै मन पर्छन् । वर्तमानकालमा चाहिँ स्वप्निल स्मृतिको मन पथ्र्यो । आजकल लेख्नै छाडे के मन पर्नु ।

१०. यतिका मान्छेका बिचमा प्रगति राईको साहित्य लेखनको अभिष्ट के हो ?
-पुरुष साहित्य मजवुद छ । महिला माथिका साहित्य अझै अपूर्ण छ । त्यो अपूर्णतालाई पूर्ण बनाउनु नै मेरो लेखनको अभिष्टता रहन्छ ।
Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com