हाङ्सेम लिम्बु

९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा
[2018-05-05 오전 11:07:00]

नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिती कोरियाको महाधिवेसन यहि मे ६ तारिकमा सम्पन्न हुन लागेको छ। उत्त महाधिवेसन को लागि वर्तमान जनसम्पर्क समितीका सह महामन्त्री भीमराज चेम्जोङ ले उपसभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छ।पार्टीको एक भेलामा चेम्जोङ ले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन। आफ्नो उम्मेदवारी घोषणा गर्दै ९ बुंदे प्रतिवद्धता समेत सार्वजनिक गरेकोछ।

जनसम्पर्क समिती कोरियाको क्षेत्रिय सचिव हुदै हाल सहमहामन्त्री मा सक्रिय रहेका चेम्जोङ उप सभापति को आफ्नो उम्मेद्वारी आम कांग्रेसजन को प्रतिनिधी रहेको र सबैले विश्वास गरेर आफुलाई निर्वाचित गर्ने मा शंका नरहेको बताएको छ। तर सहमती र सहकार्य को लागि आफु सधैं सकरात्मक रहेको र नेपाली कांग्रेसको निती र सिद्दान्त मा आफू प्रतिबद्ध रहेको समेत बताएका थिए। नेविसंघ को इकाई समिति बाट राजनिती सुरु गरेका चेम्जोङ निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छ। राजनिती संग संगै सामाजिक संघसंस्था मा समेत सक्रिय रहदै आएको छ।

विपीको प्रजातान्त्रिक समाजवाद लाई आत्मसाथ गर्दै पार्टीले आगामी दिनमा सापेक्षित नितीहरु निर्माण गरेर अग्रगामी छलाङ मार्नु पर्ने उनको बुझाई छ। पार्टीमा गुटबन्दी को हावी रहेको र तेस्ले राम्रो नगर्ने र आफु कुनै गुटबन्दी को पक्षमा नरहेको तर क्रान्तिकारी ,अग्रगामी विचारको पक्षमा भने सधैं रहने बताएका थिए। नेपाली कांग्रेस इतिहास बोकेको पार्टी हो, तेसैले देश निर्माण मा महत्वपुर्ण भुमिका खेल्नु पर्ने र तेस्को लागि हामीले प्रबासमा रहेर भए पनि पहल गर्नु पर्ने उनको भनाई छ ।

जनसम्पर्क समितिको महाधिवेशन मा सके सम्म सहमति मा जानु पर्ने उनको भनाई छ ।उपसभापति को आफ्नो उम्मीद्वारी पार्टिको हित को लागि रहेको ले आम प्रतिनिधि हरुलाई आफुलाई निर्वाचित गराउन समेत आव्हान गरेका छन । आफ्नो उम्मेद्वारी संगै ९ बुंदे घोसणा समेत सार्बजनिक गरेको छ ।

नौं बुंदे घोषणा निम्न रहेको छ-
१. संगठनलाई मजबुत बनाउन प्रत्येक क्षेत्रहरूलाई सांगठानिक शसक्तिकरणको लागि रचनात्मक कार्यक्रमहरूको सर्कुलर जारि गरि परिचालन गर्ने।र क्षेत्रगत हिसाबमा आबस्यकतालाई पहिचान गरेर थप संगठन बिस्तार गर्ने।

२. पार्टी भित्र मौलाउंदै गएको गुटबन्दी, नातावाद, कृपावादलाई हटाउन सहमति र सहकार्यको राजनीतिलाई प्रधानता ठानेर सबैलाई समान व्यवहार गरि सबैले अपनत्व गर्न सक्ने संगठन निर्नाण गर्ने।

३. कोरीयामा रहेका कांग्रेसजनहरुको नामावली र फोन डायरी संकलन गरी क्रियाशिल तथा साधारण सदस्यहरूको अभिलेख अनलाईन मार्फत राख्ने।

४. ने.बि.संघ, तरूण दल र महिला संघ लगायत संगठनका अन्य विभागलाई क्रियाशील बनाउने।

५. नेपाली कांग्रेस पार्टीले गरेको त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको प्रजातन्त्र / लोकतन्त्र दिवसहरूमा चेतनामूलक रचनात्मक (गोष्ठि, सेमिनार, प्रशिक्षण) कार्यक्रमहरू आयोजना गर्ने।

६. संगठनले गरेका हरेक क्रियाकलापहरू सम्पूर्ण कांग्रेसजनसम्म सूचना प्रवाह गर्न संगठनको आधिकारिक फेसबुक पेज वा होमपेज बनाउने।

७. शान्ति, सद्भाब र एकता कायम गर्दै कोरीयाका बिभिन्न संघ-संस्थाहरूले गरेको हरेक खालका सामाजिक क्रियाकलापहरूमा संगठनको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने।

८. नेपाल र कोरीयाको कुटनैतिक सम्बन्ध बिस्तार गर्न संबन्धित निकायहरूमा पहल कदमि गर्दै आवश्यक भूमिका निर्वाह गर्ने।

९. विभिन्न देशमा फैलिएका जन-सम्पर्क समितिहरुसंग समन्वय गरी नेपाली कांग्रेस पार्टीले तय गर्ने नीति तथा कार्यक्रममा प्रवासबाट आवश्यक सल्लाह एवं सुझाव प्रदान गर्न सामूहिक पहल गर्ने।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com