केशव पोखरेल

कोरिया आएर फेरिएको मेरो दैनिकी
[2017-09-26 오후 9:44:00]

आफ्नो सुन्दर सपना बोकेर विदेसिने लाखौं युवाहरु जस्तै म, पनि २०१४ अगस्ट २९ तारिक आफ्नो सुनौला सपनाहरु मनमा सजाएर दक्षिण कोरियातर्फ प्रस्थान गरें । गाऊँमा जन्मिएर गाऊँमै हुर्किएतापनि घरको कान्छो छोरो भएकोले कुनैदिनपनि विहान देखि साँझसम्म दिनभर काम गरेको रेकर्ड थिएन सायद म संग ।एस। एल। सि पछि घर छोडेर बुटवल झरेपछि पनि केहि काम नै गरिन । जब सक्काएर काठमान्डौं आए त्यसपछि केहि समय पत्रिकामा रिपोटरको काम गरेपनि त्यहि काम पनि गाह्रो लागेर १ वर्ष नपुग्दै छोडें ।त्यसपछि केहि समय अफिसमा काम गरें त्यहापनि दिन भरि खटनु पर्दैनथ्यो दिनको ३र४ घन्टा काम गरे पुग्दथ्यो ।

यसरि चलिरहेको मेरो नेपाल छदाँको दैनिकि यहां आएपछि एकाएक परिवर्तन भयो २ रात तिनदिनको तालिम सकेर कम्पनिमा आऊंदा पुराना नेपाली साथीहरु ४ जना रहेछन ।त्यसदिन काम, मात्र हेरि भोलिदेखी काम सुरु गर्ने भनि काम गर्दा लगाऊने ड्रेस र जुत्ता लिएर खिसुक्सा 'होस्टल' मा आएर बस्यौं । साँझ ति पुराना साथीहरु कामबाट फर्किएपछि काम एकदम गाह्रो भएको कुरा सुनाए । नेपालमा केहि काम नगरेपनि जस्तोसुकै काम पनि आंटेपछि गर्न सकिन्छ भन्ने मानसिकताको विकास गरिसकेको थिए ।

त्यो सांझ खाना खाईवरि सुत्यौ, रातभरि मनमा विभिन्न कुराहरु खेलिरहे, जति कोसिस गर्दा पनि निदाऊंन सकिन । विहान उज्यालो भएपछि सिक्ताङ (कोरियन क्यान्टीन)मा गएर खाना खाई ८ बजेबाट काम गर्न गएं, फलामको कम्पनि रहेछ र मलाई प्याकिङ डिपार्टमा काम गर्न लगायो । जहाँ ग्रेन्डिङ गर्ने, सामानको साईजहरु छुट्टाऊने र, त्यहि सामान प्याकिङ गर्नु पर्दो रहेछ । कहिल्लै काम नगरेको मान्छे म, पहिलो दिन कटाऊन साह्रै गाह्रो भयो कम्पनि एकदम वीजि रहेछ, पहिलो दिनमै बिहान ८ बजेबाट राति १० बजे सम्म काम गरें, दिनभर ऊभिएरै गर्नु पर्दो रहेछ काम । जसोतसो पहिलो दिनको ड्युटि सक्काएर कोठामा आएर खाना खाईवरि सुतें र बिहान ऊठदा नदुखेको शरिरको कुनै पनि ठाउं थिएन तरपनि सकि नसकि काममा जानु बाहेक अरु विकल्प थिएन म सँग ।

नेपाल छंदा कहिल्लैपनि अलार्म लगाएर नऊठेको म यहाँ आएपछि मुवाईलको अलार्मको भरमा ऊठन सिकेको छु र सुरुका दिनहरु कस्टकर तरिकाले नै विते दिनभर ग्रेन्डर हातले समाएर गर्नु पर्ने, बिहान ऊठदा हातको औलाहरु सिधा हुदैनथे । काममा जानु अघि हातमा तेल लगाए ग्यासमा सकेर औला सिधा बनाएर काममा जान्थे विस्तारै काममा बानि पर्न लाग्यो आजकाल दैनिक १४ देखि १६ घन्टासम्म काम गर्न सक्ने भएको छु । यहां प्रयाजसो साथीहरबाट सुन्ने गरेको साऊको किचकिच र ट्रचर अहिलेसम्म भोग्नु परेको छैन मैले । काममा लगनशिल भएर लाग्ने हो भने जस्तो सुकै गाह्रो काम पनि गर्न सकिदो रहेछ, शरिरलाई जस्तो बनायो त्यस्तै बन्दो रहेछ भन्ने कुरा मै आफैले प्रमाणीत गरेको छु अहिले ।

यहा आईसकेपछि समयको महत्व राम्रैसंग बुझि घडिसंग चल्न सक्ने भएको छु । यहां प्रयाजसो साथीहरुले काम गाह्रो भएर कम्पनि परिवर्तन गरें भन्ने सुन्छु , मेरो विचारमा कोरियामा जहां गएपनि काम सजिलो छैन, कम्पनि परिवर्तन गर्नु भनेको कित काम नचलेर वा अन्य कुनै कारणले हो तर काम गाह्रो भयो भनेर त्यसो नगरेकै राम्रो । यसरि नै चलिरहेको छ मेरो दैनिकि ।

र अन्त्यमा नेपालबाट आऊन लागेका नयाँ साथीहरुलाई के भन्न चाहान्छ भने कोरियामा काम गर्न त्यति सजिलो छैन, तर जस्तो सुकै कठिनाई भएतापनि लगनशिलताका साथ काम गर्छु भन्ने मानसिकताको विकास गरेर आऊनुस, गर्न नसकिने भन्ने केहिपनि छैन ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com