कृष्ण गिरी

कोरियामा महिनाको २ लाख कमाउँदानी किन खुशी छैन मन
[2017-07-17 오후 11:46:00]

कोरिया एक बहुसाँस्कृतिक बहुआयामिक देश हो जसले छोटो अवधिमा विकास गरेको छ।आखिर यो कसरि भयो त ? अवश्य नै यहाँका नागरिकले यस्तो बानिको विकास गरेकि काम र समय नै विकासको मुख्य कारक हो भन्ने ।हुन त कोरिया पहिले गरिबीको चपेटामा परेको देश हो र भोकमरीको पनि सामना गर्नुपरेको थियो।एकाताका नेपालले नि कोरियालाई खाद्यन्न सहयोग गरेको थियो।कोरियामा नेपाली

श्रमिकहरूको इतिहास हेर्ने हो भने सन् १९९४ देखि नेपाली श्रमिक कोरिया प्रवेश गरेको तथ्य पाईएको छ।अहिले कोरियामा इ.पि.एस प्रणालीवाट नेपाल लगायत १४ देशवाट कामदार आउने गरेका छन ।

तलवको हिसाबले हेर्ने हो भने अन्य देशको तुलनामा कोरिया निकै नै यूवाहरू माझ लोकप्रिय छ।महिनाको १ लाख ३० हजार देखि २ लाख सम्म कमाइ हुन्छ तर कसैले त ३ पनी कमाउछु भन्छन् । सोच्नु पर्ने यो छ कि यस्तो राम्रो कमाई हुदाहुदै पनि नेपालीहरू किन खुसी छैनन् त।

अवश्यनी हुन त नेपालमा उच्च शिक्षा हासिल गरेर सर्टिफिकेट हातमा भएका तर योग्यता अनुसारको जागिर नपाएका हामीजस्ता बेरोजगार युवालाई केबल कोरियन भाषा परिक्षा उतिर्ण र स्वास्थ्य परिक्षण उतिर्ण गरे हुने यस इ.पि.एस पदतिले धेरै नेपाली यूवाहरूमा कोरियाको लहर छ।

बिशेष गरि कृषि र उत्पादन क्षेत्रमा कोरियाले नेपालि यूवाहरूलाई माग गरेको छ।अरू देशको तुलनामा नेपालीहरू बढि मात्रामा मेहनती र बौद्धिक स्तरमा पनि द्रुत भएकाले नेपाली कामदारहरूको माग बढदै छ तर कोरियाले मिराकल इकोनमी अर्थात छिटो प्रगति हुनुको रहस्य भने अर्कै छ।कोरियामा गर्ने काम भनेको थीरि डि (डेन्जर ,डर्टि एन्ड डिफिकल्ट ) अर्थात खतरनाक,फोहोर र कठिन हुन्छ ।

काम गर्दा औला काटिनु,हात काटिनु अनि सुतेकै अवस्थामा १ ,२ हप्ता महिना दिनमा मृत्यु हुनेकाे यहाँ दैनिकी जस्तै जस्तो भइसक्यो। दिनहुँ अंगभंग भएका छन्।यहाँका कारखानामा मेशिनमा कतिपय अाबश्यक सुरक्षाका विधि अपनाइएको पाइदैन।त्यहि असुरक्षितले ज्यान गुमाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दैछ।

कम्पनीमा हुने दुरव्यावहार ,कामको बोझ,किचकिच आदि कारणले पनि कैयौं नेपाली श्रमिकहरू मानसिक र शारिरिक रूपमा ग्रसित छन्। साथै घरपरिवार,साथिभाइ,इष्टमित्रहरूको सोचाई एवंम महत्वकांक्षी मागहरूले गर्दा पनि धेरै नेपालीहरू कोरियामा तनावग्रस्त छन।कसरी भने कोरियामा छस् ।यस्सो २/४ लाख सहयोग गर्नुपर्यो भन्ने पनि धेरै छन तर वास्तविकता कस्तो छ भन्ने कसैले बुझ्दैन।एउटा आइ फोन, मोबाइल पठाइदिनु पर्यो,ल्यापटप पठाइदिनु पर्यो भन्ने मागहरूनि धेरै आउँछन् ।उसले कस्तो काम गर्छ ?

काम कत्तिको गाह्रो छ कसैले सोध्दैन।सोध्छन त केवल महिनाको कति कमाउछस् यार,बाबु अनी यस्तै ……..२ लाख त बचाउछस् होला आदि इत्यादि ।।।

अहिले कोरियामा आत्महत्या गर्ने नेपालिहरू धेरै छन् आखिर यो सब किन र कसरी? उत्तर केवल एक छ त्यो हो डिप्रेसन यानिकि तनाव।धेरै नेपालिहरु डिप्रेसनका कारण आत्महत्या गरेका कैयौ उदाहरण छन् ।धेरै नेपालिहरू डिप्रेसनका सिकार हुनुको कारण कामको वोझ,एक्लोपनको महशुश,पारिवारिक तनाव,पति पत्नि बिचको सम्वनधमा आउने उतारचडाव ,मायालु girlfriend काे टेन्सन,यहाँको

रहनसहन,खानपिन,कामको व्यस्तता,संगै काम गर्ने साथीहरूले गर्ने दुर्व्यवहार आदि रहेका छन।यस कारणले कैयौ नेपालीहरूले आत्महत्याको बाटो समेत रोजेका छन् ।सोचे जस्तो छैन कोरिया अनी बिदेश अनी नेपालमै केही गराै भने पनी साेचेर मात्रै हुदैन । यही त छ हजुर ।यहि त छ खबर हजुर ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com