tvannapurna

यी हुन् लोकमानले बस्त्र खोलिदिने भन्ने ३२ जना व्यक्ति ?
[2016-12-24 오전 6:22:00]

जब लोकमानसिंह कार्की माथि पुस ७ गते सर्वोच्च अदालतमै कालोमोसो दलियो र हातपात गरियो तब उनले एक विज्ञप्ति निकालेर सबैको बस्त्र खोलिदिने चेतावनी दिए । बस्त्र खोलिदिनेको अर्थ यो थियो कि उनले अब सबै नेता देखि व्यापारी र आफ्नो विरुद्ध लाग्ने जो कोहीलाई पनि जनताको अगाडि नङ्याउने भन्ने नै थियो । उनको यो केबल आवेग मात्रै थिएन भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति कमाउनेहरुले आफूलाई भौतिक रुपमै सिध्याउन लागे भन्ने उनको बुझाई थियो । त्यही भएर अब उनी चुप लागेर धेरै दिन बस्न नसक्ने र सबैको कालो धन्दा बाहिर छर्लङ्गै पारिदिने भन्ने उनको आशय थियो । न्यायालयमा नै उनी यसरी असुरक्षित भए की उनी माथि कालो मात्रै पोतिएन हानियो नै ।

यसको रिस अब उनले सबैका सामु देखाईदिने भएका छन् । उनले धेरै व्यक्तिको बस्त्र अर्थात् कपडा खोलिदिने तयारी समेत गरेका छन् । यसरी बस्त्र खुला हुनेहरुमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि व्यापारीहरु समेत छन् । अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्नु अघि देखि नै लोकमान सिंह कार्की विरुद्ध धेरै नकारात्मक टिप्पणी भएको थियो । त्यो अहिले सम्म नै जारी छ । उनले विगत तीन वर्ष ६ महिनादेखि ऊक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले उक्त जिम्मेवारी सम्हाले यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक बलियो संवैधानिक निकायको रुपमा स्थापित भएको थियो । यस बीचमा आयोगले सम्पादन गरेका कार्यहरु र आयोगको निगरानीका कारण नेपालका सरकारी निकायहरुले सम्पादन गरेका कार्यहरु आम जनताले प्रत्यक्ष रुपमा अनुभूत गरेका थिए । यसैगरी सरकारी कर्मचारीले सेवाग्राहीसँग खुलेयाम घुस माग्ने परिपाटीमा निकै नै ह्रास आयो र संस्थागत रुपमा हुने भ्रष्टाचारमा समेत कमी हुँदै गयो ।

कार्कीको पद बहालीसँगै न्युन र मझौला तहमा भएका र हुन सक्ने भ्रष्टाचारमा आम जनताले महसुस गर्ने गरी कमी आउँदै गएको कुरा सत्य नै हो । कतै लुकेको छैन । यसको साथै उच्च तहमा हुने भ्रष्टाचारमा समेत केही हदसम्म नियन्त्रण भएकै हो । लोकमानले कामै भने नगरेका होईनन् तर काम गर्दै जाने सिलसिलामा केही दलाल, माफिया र भ्रष्टाचारीको निशानामा उनी परे ।

अन्तत उनीमाथि हातपात नै भयो त्यो पनि न्यायालयमा । यसको क्षतिपूर्ति अब लोकमानले केही व्यक्तिहरुको बस्त्र खोलेर देखाईदिने भएका छन् । यसरी लोकमानले बस्त्र खोल्दिनेहरुमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, एमालेकै महासचिव ईश्वर पोखरेल, पूर्व मन्त्रीहरु अग्नी खरेल, गोकर्ण विष्ट र गंगालाल तुलाधर लगायत छन् ।

यसैगरी विवादित मनमोहन मेडिकल कलेज स्थापना एवं सञ्चालन प्रकरणमा मुछिएका नेकपा एमालेका नेताहरु राजेन्द्र पाण्डे र वंशीधर मिश्र समेत अकुत सम्पत्ति कमाउनेको सूचीमा रहेको र यिनीहरुको पनि बस्त्र खुला हुँदैछ । त्यसैगरी एमालेका नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र एमालेबाटै सभासद् भएका घरजग्गा व्यवसायी ईच्छाराज तामाङ्गका साथै पूर्व मन्त्री रामकुमार श्रेष्ठ समेत अनुसन्धानको दायरामा छन् । भ्रष्टाचार मुद्दामा अनुसन्धानको दायरामा आएका र अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर हुन सक्ने व्यक्तिहरुमा नेकपा एमालेबाट समानुपातिक सभासद् बनाउनका लागि व्यापारी राज्यलक्ष्मी गोल्छासँग करिब ७ करोड भन्दा बढी रकम लिएको सम्बन्धमा एमालेका अधिकांश नेताहरुको बस्त्र खुला हुन लागेको हो ।

लोकमानले एमालेपछि माओवादी नेताहरुको समेत बस्त्र खुला गरिदिने तयारी गरेका छन् । विशेष गरी माओवादी नेताहरु लडाकुको नाममा भ्रष्टाचार गरेका कारण अनुसन्धानमा तानिंदैछन् । जसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्णबहादुर महरा, रामबहादुर थापा बादल, शक्ति बस्नेत र यता नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लब समेत अनुसन्धानको घेरामा छन् । लोकमान माथि प्रहार गर्नेमा विप्लब समूहका दुई कार्यकर्ता थिए । माओवादीमा लडाकु शिविर घोटाला काण्डमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उर्जामन्त्री जनार्दन शर्मा, माओवादी नेता वर्षमान पुन अनन्त र साँसद महेन्द्रबहादुर शाही लगायत माओवादी नेताहरु अनुसन्धानको घेरामा छन् । जसको बस्त्र अब लोकमानले खुला गरिदिने छन् ।

एमाले र माओवादी पछि लोकमानको रिस कांग्रेससँग पनि छ । प्रजातान्त्रिक शक्ति कांग्रेसले आफूलाई सहयोग नगरेको रिस लोकमानले पोख्दैछन् । स्रोतका अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समेत अनुसन्धानको दायरामा पर्नेछन् । तीन पटक प्रधानमन्त्री बनिसकेका देउवाको सम्पत्ति पनि छानविन हुन सक्ने स्रोतको भनाई छ । उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शान्ति मन्त्री बनेका थिए । शान्ति मन्त्री हुँदा पौडेलले धेरै पैसा हिनामिना गरेका थिए ।

कांग्रेसमा पनि अहिलेका गृहमन्त्री विमलेन्द्र निधि, साँसदहरु टेकबहादुर गुरुङ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा र पूर्व महामन्त्री कृष्ण सिटौला लगायतका नेताहरु अकुत सम्पत्ति कमाउनेहरुमा पर्दछन् । जसको बस्त्र लोकमानले खोल्दैछन् । पार्टीका नेताहरु बाहेक लोकमानले आफू विरुद्ध लाग्ने केही व्यापारीहरुलाई समेत नछाड्ने घोषणा गरिसकेका छन् । जसमा यति एयरलाईन्सका आङछिरिङ शेर्पा र ठेकेदार दीपक भट्ट पहिलो निशानामा छन् । नेता, व्यापारी बाहेक लोकमानले उता सशस्त्र प्रहरी बलका बहालवाला र पूर्व प्रहरी महानिरीक्षकहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेका थिए । त्यस्तै विद्युत ट्रान्सफर्मर घोटाला प्रकरणमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, पूर्व कार्यकारी निर्देशक सहित २६ जनामाथि लोकमानले मुद्दा दायर गरेर राम्रो कामको सुरुवात गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणमा लोकमानले गरेका कार्यहरु प्रशंसा गर्न लायक भएपनि उनको यो कार्यलाई निस्तेज पार्न विभिन्न व्यक्तिहरु लागेका छन् । भ्रष्टाचार गर्न सघाउ पु¥याउने, दलाली गर्ने र माफिया गिरीका नाईकेहरुलाई लोकमानले अब नछाड्ने उद्घोष गरिसकेका छन् । संसदमा महाअभियोग लगाईसकेपछि उनी निलम्बित भएका छन् तैपनि उनको कारवाही प्रक्रिया भने सकिएको छैन । बाँकी नै छ । उता सर्वोच्च अदालतमा उनीमाथि लगाईएको मुद्दा विचाराधीन छ । तर उनीमाथि गरिएको हस्तक्षेपले भने न्यायालयको सुरक्षामाथि गम्भीर प्रश्न उब्जाईदिएको छ । उनी माथि गम्भीर प्रकृतिका आरोपहरु लगाईए पनि केही समय उनी चुपचाप बसेका थिए तर कालोमोसो दलिएको र हातपात गरिएको घटनाले भने धेरै नेताहरुलाई भारी पर्न सक्ने चेतावनी गईसकेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com