लोकनारायण सुवेदी

बृटेन यूरोपेली संघबाट किन निस्कयो बाहिर ?
[2016-06-27 오전 6:32:00]

बृटिश मतदाताको बहुमतले जनमत संग्रहमा आफ्नो फैसाला सुनाइदियो । अब बृटिशहरु यूरोपेली संघमा रहन चाहादैनन् । प्रधानमन्त्री डेभिड केमरुनको मेहनत केही काम लागेन । उनले देशको भ्रमण गरेर बृटिश नागरिकहरलाई बृटेन यूरोपेली संघमै रहनु पर्ने र यसबाटै बढी फाइदा हुने कुरा सम्झाउन खोजेका थिए । तर जनताले उनको यो तर्कलाई वास्ता गरेनन्, खारेज गरिदिए । यो डेभिड केमरुनका लागि ब्यक्तिगत धक्का पनि हो र उनले राजीनामा दिने धारणा पनि ब्यक्त गरिसकेका छन् । यद्यपि उनी जनमत संग्रहको परिणामलाई स्वीकार्न कानुनीरुपमा बाध्य छैनन् । तथापि उनले जनमतको साथ दिने प्रतिबद्धता जाहेर गरिसकेका छन् ।

हुन पनि बृटेन यूरोपेली संघबाट बाहिर निस्कनु चानेचुने र सामान्य घटना अबश्य होइन । वास्तवमा यो यस्तो एउटा घटना हो जसको भावी इतिहासमा ब्यापक प्रभाव पर्नेछ । २८ सदस्य भएको यूरोपेली संघ बिश्वको सबैभन्दा बढी आर्थिक शक्ति भएको समूह मानिन्थ्यो । यूरोपका मानिसहरु आफ्नो देशका लागि त सांंसदहरुको निर्वाचन गर्दथे नै उनीहरु यूरोपेली संघका लागि पनि मतदान गर्दथे । यो आफ्नै किसिमको अनौठो समूह त थियो नै अनि यसमा शायद यो संकल्पना पनि सन्निहीत थियो कि संघमा आवद्ध सबै देशहरु एक दिन एउटै राष्ट्रियतामा समाहित हुनेछन् । हुन पनि यूरो मुद्रालाई धेरै जसो देशहरुले स्वीकार गरेकै थिए । तर यो संकल्पना सही साबित भएन ।

यूरोपेली संघबाट बृटेन बाहिर निस्कनुको पछाडि आप्रवासी समस्यादेखि लिएर यूरोपेली संघलाई प्रत्येक बर्ष दिइने गरेको सदस्यता शुल्क, तिनको नियमहरुको दबावमा आफ्नो ब्यापार नीति बनाउन नपाउने सकस तथा यूरोपेली संघको कर्मचारीतन्त्रप्रति बितृष्णा आदि प्रमुख कारणहरु रहेको औंल्याइन्छ । तर यी सबैभन्दा माथि आफ्नो सास्कृति र राष्ट्रियताकाप्रति गौरब बोध तथा पहिचान कायम राख्ने उद्यम र आकांक्षा सबैभन्दा प्रबल रहेको औंल्याइन्छ । आखिर बृटेन पहिला यूरोपेली समुदायमा पनि शामेल हुन चााहदैनथ्यो । झण्डै तीन दशक पछाडि मात्र बृटेन त्यसमा शामेल भएको थियो । यूरोपेली संघ तथा एकीकृत मुद्रा प्रणालीमा शामेल हुनमा उसले ब्यापक हिच्किचाहट देखाएको थियो र त्यसको एक भाग भएर पनि यूरोको सट्टा आफ्नो स्टरलिङ्ग पौण्ड उले कायमै राख्यो । बृटेनका मानिसहरुलाई के लाग्यो भने यसो हुादा हुदै पनि उनीहरुको पहिचान गुम्दै गयो र यूरोपेली संघको दबाबका कारण उनीहरुले आप्रवासन नियम बनाउन नपाइरहेका मात्र होइनन् ब्यापारको बिषयमा पनि स्वतन्त्र निर्णय गर्न पाइरहेका छैनन् । जे भए पनि अहिलेको यो ठूलो कदमको परिणाम पनि ठूलै हुने कुरा भने निश्चित छ ।

बृटेनको जनमतको परिणाम आउनासाथ बिश्वभरीको शेयर बजारमा आएको गिरावट पनि यसैको असर प्रभाव हो । स्टरलिङ्ग पाउण्डको मूल्य स्खलनको अर्थ स्पष्ट के हुन्छ भने डलरको मूल्य बढ्छ । अनि आयात गर्ने खाशगरी पेट्रोलियम पदार्थ आयात गर्ने बिभिन्न देशहरुले बढी महागो तिर्नुपर्ने स्थिति आउदछ । यसले बृटेनमा रहेर काम गर्ने अन्य देशहरुका कम्पनीहरुले पनि समस्याको सामना गर्नुपर्ने छ ।

अब तुरुन्त बाहिर निस्कियोस बृटेन – ईयू
बृटेन यूरोपेली संघबाट बाहिर निस्कने निर्णय आएकोमा दु:ख ब्यक्त गरिरहेका अन्य यूरोपेली संघका सदस्य देशहरुले मानिसहरुलाई शान्त रहन र स्थिरता कायम राख्न आह्वान मात्र गरिरहेका छैनन् अब बृटेनले तत्कालै संघको प्रकृया पूरा गरेर संघबाट बाहिर निस्कने तदारुखता देखाओस् भन्ने कुरामा पनि जोड दिइरहेका छन् । यूरोपेली परिषद, संसद र आयोग सबैको के धारणा देखिन्छ भने बृटेनले अब बाहिर निस्कने प्रकृयामा जति बिलम्ब गर्दछ त्यत्ति नै अन्यौल र अनिश्चितता बढ्ने छ । यस सन्दर्भमा उनीहरु आउने दिनमा यूरोपेली संकटका सम्वन्धमा बैठकहरु पनि बस्ने तयारीमा लागेका छन् ।

यस सम्वन्धमा यूरोपेली परिषदको अध्यक्ष डोनाल्ड टक्सले २७ देशको बैठक बोलाउन लागेका छन् । तर यो बैठकमा बृटेलाई भने बोलाइने छैन । यसमा ृबृटेन बाहिर निस्केपछिको स्थितिका बारेमा छलफल हुने बताइएको छ । यूरोपेली संघले अब बृटेनलाई कुनै सुबिधा दिने पक्षमा नरहेको देखिएको छ । बैठकले अरु ईयू छोड्न चाहने देशहरुलाई हतोत्साहित तुल्याउने मनसुवा राखेको देखिन्छ । बृटेनको जनमतको निर्णय पछि यूरोपेली संघका डच प्रेसिडेन्सीको भनाइ पनि प्रष्ट आएको छ कि अब बृटेन निस्केको चिन्ता गर्नु भन्दा पनि यूरोपका मानिसहरुको रोजगारी, सुरक्षा र प्रबासनका समस्यालाई लिएर बढी चिन्ता लिनु र ध्यानु आवश्यक छ । सबैभन्दा बढी चिन्तित जर्मनीकी चान्सलर एंगेला मर्केलले बृटेनको निणयमा गहिरो दु:ख ब्यक्त गरेकी छन् । यूरोपेली संघका नेताहरुमा के डर देखिएको छ भने अरु देशहरुले आ–आफ्नो देशमा पनि ईयू छोड्ने बिषयमा छलफल गर्न गराउन सक्तछन् । फ्रान्स, डेनमार्क र नीदल्याण्डको यूरोडलरमाथि सन्देह जनाउने बिभिन्न पार्टीहरु यस्तो छलफलको माग पनि राखेका छन् ।

यस बीच उता बृटेनमा भने संबैधानिक तथा राजनीतिकरुपले यो ईयूबाट निस्कने जनमतको दिनलाई एउटा महत्वपूर्ण ऐतिहासिक दिनकोरुपमा लिदै आफुलाई ब्यबस्थित गर्न बृटेन जुट्न थालेको छ । यूरोपेली संघबाट निस्कने अभियान चलाउनेहरुमध्येका एकजना प्रमुख ब्यक्तित्व बोरिस जोन्सनले जनमतलाई बृटेनका लागि आफ्ना सीमाहरु र कानुनमाथि नियन्त्रणको ‘शानदार अवसर’ भनेर पनि प्रशंसा गरेका छन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com