कल्पना धरती

हुन्डीको बोक्रो ओढेर कति कुम्ल्याए ?
[2016-03-20 오후 4:45:00]

एनआरएन कोरियाका सचिब सोगेन्द्र घलेले हुन्डीको बोक्रो ओढेर कति कुम्ल्याए उनैलाई थाहा होला तर घर भित्रको ,बाहिरको समाचार दाताहरुले तीन करोड नेपाली रुपैया नै त्यो पोकोमा थियो भन्ने कुरो ल्याए हामीले पत्यायौं।के‬?कारण सोगेन्द्रले त्यत्रो रकम कुम्ल्याए त भन्दा क्यासिनोको लत लागेर हारेको कारण बाहिर आयो,त्यो पनि पत्यायौं तर यस्को मुख्य कारण उनैलाई थाहा होला।

यी सब नहुनु पर्ने थियो भयो,यहि घट्नाले कतिका सपना तुहिए,कतिका आशा मरे,कतिका दुख गर्ने जोस जाँगर हराए,कतिका समस्याले बिकराल रुप लिए अझ त्यो भन्दा बढी एक जाना महिला साथिको “बा”हस्पिटलमा हुनुहुन्छ रे,उहाँको उपचारको लागि कोरिया बाट छोरीले कति दु:ख गरेर उपचार खर्च पठाएको त्यो रकम सहित उक्त अभियुक्त सोगेन्द्र हराएको समाचारले अत्यन्त मर्माहत बनायो यो मनलाई।

कुनै दिन मेरो “बा”पनि आधारातमा हृदयघातको सिकार हुनु हुंदा रातारात पाँचलाख बैंकमा जम्मा गर्नु पर्ने थियो।चाहिएको समयमा कुबेरको पनि भण्डार रित्तो हुन्छ भन्छन अझ आफू त मज्दुरी गर्न प्रवाश छिरेको मान्छे।कन्तुरमा थिएन त्यत्रो रकम।पैसा जम्मा गर्ने अर्थात पठाउने जिम्मा मेरै थियो।रातारात फोनको भरमा जम्मा पारें।र एका बिहानै हुन्डी बाटै पठाएँ र रकम सकुशल पुग्यो पनि।यस्तो बेला बिश्वाशको त्यो पात्रले आफ्नो दाउ परिवर्तन गर्थ्यो भने सम्भवत हस्पिटलमा रहनु भएको बा भन्दा छिटो मेरो स्वंम को हृदयघात हुन्थ्यो होला।त्यसैले छाम्न सक्छु ती महिला साथिको यति बेलाको पीडा……अनि सोच्दैछु कसरी मान्छेहरु पैसाको नसाले यति बिघ्न अनैतिक हुन्छन?

हुन्डी कारोबार गलत,अबैधानिक र सरकारको आँखामा छारो हाल्नु हो थाहा हुँदा हुँदै पनि मेरै माथिको केस हेर्दा मेरो बालाई बचाउन सरकारले के गर्न सक्थ्यो?/सक्ने छ?समय भएको बेला बैंक बाट कारोबार गरे पनि अधिकांस नेपाली साथिहरु समयको पावन्दिमा श्रम गरिरहनु भएको छ भने घण्टौ ब्यतित गरेर बैंकको काम सफल हुन नसक्दा कस्तो होला?र भएको पनि छ आफ्नै भोगाइ हो।

यस्ता‬ धेरै कुरा छन जो उत्खनन गर्दै जानू हो भने कोहि पानी माथिको सुकिलो निक्लिदैनौ।अहिलेको ताजा बहस भनेको “कोरिया बाट बैधानिक रुपमा पैसा पठाउन नेपाल राष्ट्र बैंक द्वारा स्वीकृत प्राप्त अन्य मुलुकमा जस्तै कोरियामा पनि नेपाल रेमिटको ब्यवस्था भै सकेको छ”भन्ने एक पक्ष छ भने अर्को पक्ष “सरकारले अझै स्वीकृति दिएको छैन”भन्ने।

कोरियाको लगभग ३५हजार नेपाली यति बेला अन्योलमा छन।सत्य-तथ्य आखिर के हो त?बिश्वास छ छिटै सबै कुरा प्रष्ट हुनेछ।एनआरएन कोरियाले आफ्नो जिम्मेवारीबाट नपन्छी कर्तब्यको पालना गर्दै दोषी खोजेर कार्बाही गर्ने छ,पिडितहरुलाई क्षति पुर्ती दिने बिश्वास गरौ।

‎अन्त्यमा‬ अहिले सामाजिक संजालमा हुन्डी प्रकरणको जुन बहस चलिरहेको छ यसले हामी कोरियाका मजदुर नेपालीलाई अवस्य पनि लाभ दिएर जानेछ।यो बहसलाई हल्का नलिएर गहन रुपमा लिएर कुरोको चुरोमा पुग्न सक्यौ भने देशको अर्थतन्त्रमा कोरियन लाहुरेहरुको योगदान अमीट रहने बिश्वास छ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com