Uday rai

ईपीएसको समस्या के हो ?
[2016-01-13 오전 9:55:00]

हाल कोरियामा प्रवासी मजदुरहरु लगभग १० लाख छन । यी प्रवासी मजदुरहरु बिभिन्न प्रणालीबाट कोरियामा आएर मजदुरी गरिरहेको छन् । यो मध्ये दक्क्ष अदक्क्ष सबै मजदुर पर्दछन। २००४ देखी रोजगार अनुमति प्रणाली लागु गरेर एसियाको १६ देशबाट अदक्ष मजदुरहरु ल्याइरहेको छ । यो प्रणालीबाट आउनकोलागि कोरियन भाषा परिक्षामा उतिर्ण हुनुपर्ने छ । यसरि भाषा उतिर्ण गरेको प्रवासी मजदुर कोरियन श्रम मन्त्रलयले तोकेको कोटा भित्रबाट कम्पनीले छनोट गरि सम्झौता पत्र पठाएमा उक्त कम्पनीमा आइ तोकिएको अवधिसम्म मजदुरी गर्न पाउने छन ।

प्रवासी मजदुर पठाउने र लिने देशको सरकारको सम्बन्धित विभागले प्रवासी मजदुर पठाउने सबै प्रक्रिया गर्ने छ। कोरियन कम्पनीबाट छनोट भएको प्रवासी मजदुरले तोकिएको न्युनतम रकम भन्दा बढी तिर्न पर्ने छैन । कोरियन मजदुर कानुन समान रुपमा लागुहुने छ भनियको छ। इपीएसको सब भन्दा राम्रो पक्ष यहि हो । यसको सबैले शरहणा गर्नु पर्ने हुन्छ .यो माथिको राम्रो पक्क्ष मात्रलाइ लिएर हामीले यसको नराम्रो पक्षलाइ वास्ता गरिरहेको छैनौ ।

अब इपिएसको नराम्रो पक्क्ष के के छन् त ? कोरिया आइसके पछी लागु हुने इपीएस कानुनमा कस्तो व्यवस्था गरिएको छ त ?
१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा निहिंत छ ( प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म )
२) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन .१ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन।यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ। १ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन।
३.कम्पनीमा काम गार्हो भयो ,वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन ,कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन आदि इत्यादी कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन . बिना कारण कम्पनीलाइ कम्पनी परिबर्तन गर्नको लागि अनुमति दिन बाध्य गराउन सकिने छैन।कम्पनी परिबर्तन गर्नको लागि कम्पनीलाइ बाध्य गराउनकोलागि काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने( अबैधानिक बनाइ दिने ) अधिकार कम्पनीलाइ छ। जबरजस्तीकाम नगरमा स्वदेश फिर्ता पठाई दिन्छु भनि धम्कि दिने गर्दछ ,जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ ,सेवा सुविधा तलब राम्रो नदिने ,भेदभाब गरेपनि सहनु पर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ ( कम्पनी कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०/७५ प्रतिसत जति प्रवासी मजदुरको अहिलेको समस्या समाधान हुनेछ )
४) कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ .
५) कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन . आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन .
६) कम्पनी परिबर्तन गरे पछी काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ .
७ ) यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ .
८ ) लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन . जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ .
९ ) कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन . ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन .
१० )आफ्नो परिवार झिकाउन पाइदैन .
११ ) मानिस ७० /८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्ष पछी काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाई दिन्छ .
१२ ) कार्य क्षेत्र परिबर्तन गर्न पाइदैन जस्तो कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन .
कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन .
१३) थेजिकगुम पाउनकोलागि कोरिया छोड्नु पर्ने हुन्छ . यो गम्भीर भेदभाब हो .
१४) मजदुरकानुन पूर्ण रुपमा लागु हुदैन .
१५) ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन . सिबिटि पिबिटि मार्फत मात्र आउने पर्ने हुन्छ।यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा ,र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भएपनि सहेर काम गर भन्ने हो।कम्पनीमा सहुसग सेवासुविधाको लागि माग गरेमा उसलाइ अर्कोचोटी ल्याउने छैन लगातार एउटै कम्पनीमा काम गरे पनि तपाई हामि आफुलाई मजदुर हो भनेर ठान्दछौ भने एक पटक सोचौ यो माथिको नियम सहि छ त ? प्रवासी मजदुरले माथिकै नियम पालना गरेर नै काम गर्नु पर्ने हो त ? स्वदेशी मजदुरलाई र प्रवासी मजदुर बिच किन भेदभाब गरिन्छ ? मजदुर सबैलाइ एउटै नियम कानुन लागु हुनु पर्ने होइन ? प्रवासी मजदुरलाई पनि मजदुर ३ अधिकार लगाएत स्वतन्त्र रुपमा कम्पनी परिवर्तन गर्ने र छनोट गर्ने अधिकार छ।

प्रवासी मजदुरलाई स्वतन्त्र रुपमा जति पटक पनि कम्पनी परिबर्तन गर्न पाउने कानुन बनाउन , कम्पनी छनोट गर्न पाउने ,लामो अवधि ( लगातार ५ वर्ष भन्दा बढी ) सम्म काम गर्न पाउने , परिवार झिकाएर सबै बस्न पाउने , ४० वर्ष उमेर नाघेपछि पनि काम गर्ने पाउने , कार्य क्षेत्र परिबर्तन गर्न पाउने , थेजिक्गुम कोरियामै पाउने लगाएतको कानुन बनाउन ,इपीएसको नराम्रो पक्ष हटाउन हामी प्रवासी मजदुरले के गर्ने त ? हाम्रो भूमीका कस्तो हुनु पर्छ त ? .

आउनुहोस मित्रहरु सबै प्रवासी मजदुर संघ एमटियु ,केसीटियुमा एकजुट भइ सुधारकोलागि संघर्ष गरौ।माथिको नराम्रो पक्क्ष हरु हटाउन एकजुट भइ प्रवासी मजदुर स्वयम संघर्ष गर्नुको विकल्प छैन।कति प्रवासी मजदुरहरु एमटियु इपिएसको बिरोधि हो यो इपिएस खारेज गरेर गर्न चाहन्छ इपिएस खारेज भयो भने प्रवासी मजदुर आउने बाटो बन्द हुनेछ ,भाषा परिक्षा दिएर आउने नियम हुदैन .भाषा परिक्षा दिने नियम खारेज भयो भने मानब शक्ति केन्द्रबाट धेरै पैसा तिरेर आउनु पर्छ .गरिब निम्न बर्गको मजदुरहरु आउन पाउदैनन .एमटियु कुनै दलालबाट संचालित छ भन्ने भ्रम छ . तर मित्रहरु यसरी भ्रमित नहुनुहोस . एमटियुको माग इपिएसको नराम्रो पक्क्षको सुधार हुनुपर्छ भन्ने हो .कोरियामा प्रवासी मजदुर सम्बन्धि जुनसुकै नीति नियम लागु भए पनि सम्बन्धित देशबाट आउने ब्यबस्था अहिलेको भाषा परिक्षा नै हुनुपर्छ भन्ने माग हो एमटियुको ।

त्यसकारण सबै प्रवासी मजदुर मित्रहरुले एमटियु प्रतिको भ्रम हटाउन आग्रह गर्दछौ .एमटियुले कोरिया भित्र प्रवासी मजदुरलाइ लागुहुने नराम्रो कानुनको मात्र बिरोध गर्दछ . सबै मित्रहरुलाई एमटियु प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा स्थापना गरेको प्रवासी मजदुरहरुको कोरियन सरकारबाट मन्यता प्राप्त मजदुर संगठन हो।यो सबै तपाईहामी प्रवासी मजदुरद्वार संचालित छ . यसले प्रवासी मजदुरको हकअधिकारकोलागि प्रवासी मजदुरलाई सगठित गराई संघर्ष गर्ने छ . अहिलेको भन्दा राम्रो वा अहिलेको भन्दा कडा कानुन जुनसुकै कानुन बनाए पनि त्यो लागुहुने तपाई हामी सबै प्रवासी मजदुरलाइ नै हो।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com