एकराज पाठक

आतङ्कवादले सताएको वर्ष
[2015-12-29 오후 8:21:00]

अल कायदा नामको एक आतङ्कवादी सञ्जालका नाइके ओसामा विन लादेन तीन वर्षपहिले पाकिस्तानमा मारिए । उनको यो अन्त्यसँगै विश्वमा आतङ्कवादी क्रियाकलापमा कमी आउने अपेक्षा सर्वत्र गरिएको थियो । तर परिस्थिति त्यस्तो रहेन ।

त्यसपछिका वर्षहरुमा पनि विश्वका विभिन्न क्षेत्रमा यो त्रासले छोडेको छैन । सन् २०१५ को आगमनसँगै विश्वमा आइएस नामको एक आतङ्कवादी संगठनको सन्त्रास सुरु भएको थियो । हुनत यस अघिपनि यस संगठनले इराक र सिरियामा आफ्नो क्रियाकलापहरु सुरु गरेकै थियो । तर पनि यस वर्षको आगमनसँगै फ्रान्सको पेरिसमा यसले गरेको आक्रमणका कारण आइएसको चर्चाले विश्वलाई नै छोएको हो ।

सन् २०१५ को आगमनसँगै पाकिस्तानको पेशावरमा रहेको एक विद्यालयका सानानानीहरू बन्दुकको तारो बनेको समाचारले चर्चा पाएको थियो । अघिल्लो महिनामा नै तालिवानको तारो बनेका १३४ जना कलिला बालबालिकाको समाचारले लगभग संसारभरि नै रुवाएको थियो । ती स्कुले बालबालिका तालिवान आतङ्कारीहरूको तारो बन्न पुगेका थिए ।

संसारका अखबारहरूले निकै दर्दनाक र दयनीय समाचारका शीर्षक राखेका थिए । त्यो पाकिस्तानी सेनाले सञ्चालन गरेको विद्यालय थियो । त्यसैले गर्दा नै ती कलिला कोपिलाहरू क्रुर तालिवानी बन्दुकको सिकार बन्न पुगेका थिए । बालबालिकाको ‘टिफिन’ टाइममा बन्दुक चलाएका उनीहरुले शिक्षक शिक्षिकालगायत १५० को ज्यान लिएका थिए । बालबालिका मात्र १३४ जनाको हत्या उनीहरुले गरेका थिए ।

सन् २०१५ को सुरुवातमै फ्रान्सको राजधानी पेरिसमा आतङ्ककारीहरुको एक शक्तिशाली नै हमला भयो । जनवरी ७ मा पेरिसमा रहेको ‘चार्ली एब्दो’ नामक पत्रिकामा आक्रमण गरेर प्रधानसम्पादकसहित १४ जनाको हत्या गरे । आतङ्ककारी संगठन इस्लामिक स्टेट (आईएस) ले त्यहाँ हमला गरेको थियो । सम्पादकीय लेखिरहेकै समयमा पत्रिकाको कार्यालयमा वर्षिएको बन्दुकबाट सम्पादकहरू सिकार बनेका थिए । मुस्लिम धर्मका प्रबर्तक प्रोफेट मोहमम्दको कार्टुन बनाएको आरोप त्यस पत्रिकामाथि लगाइएको थियो । त्यस कार्यको बदलामा आईएसका लडाकूले यसरी सम्पादकहरूको ज्यान लिएका थिए ।

यस घटनापछि फ्रान्सप्रति ऐक्यबद्धता जनाउन त्यसहप्ता विश्वका ४५ देशका राष्ट्रपति एवम् प्रधानमन्त्री त्यहाँ पुगे र लाखाँैलाख जनाको सहभागितामा पेरिसमा भएको शान्ति¥यालीमा भाग लिए । अमेरिकाले आतङ्कवाद विरुद्धको हाल संसारमा जारी रहेको युद्धमा नयाँ अध्याय सुरु भएको घोषणा ग¥यो । त्यसको नेतृत्व उसले ग¥यो र पश्चिमा राष्ट्रहरूले यसलाई पछाए।

फेरि यसैवर्ष दोस्रो पटक नोभेम्बर १३ मा पनि आईएसको अर्को आक्रमणको सिकार बन्यो पेरिस । त्यसदिन पेरिसका विभिन्न सात ठाउँमा आईएसले हमला गरे र १३७ जनाको ज्यान लियो भने त्यसमा गोली लागेर ३५८ जना व्यक्ति नराम्ररी घाइते भए । यस पटकको उनीहरूको योजना अत्यन्तै योजनावद्ध थियो । उनीहरूले हतियार जर्मनीमा किनेका तथा हत्याको योजना बेल्जियममा बनाएको रहस्य पछि अनुसन्धानबाट खुलेको थियो । त्यस्तै पेरिसममा उनीहरूले धेरै अनुसन्धान र स्थानको छनोट गरेका थिए । त्यस दिन जर्मनीसँगको मेत्रीपूर्ण फुटबलखेलको स्टेडियममै एउटा हमला केन्द्रित थियो । उनीहरूको यो सूचनालाई फ्रान्स सरकारले आफ्नो असफलताको रुपमा विश्लेषण गरेको थियो ।

त्यसैगरी ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट््युनिसियाली प्रहरीको मृत्यु त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट्युनिसियाकै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु भयो । यसको छ महिनापछि नोभेम्बर २४ का दिन राष्ट्रपतिको सुरक्षाकर्मी चढेका बसलाई लक्षित गरी बम प्रहार गरिँदा केही सुरक्षाकर्मीसहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । अलग–अलग मितिमा गरिएको तीनवटै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो ।

नाइजेरियाको बोको हरामले दशकौँदेखि हत्या, हिंसा जारी राखेको र त्यस सङ्गठनले यस वर्षको सुरुमै २५३ जना बालिकालाई अहपरण गरेर लग्यो । नाइजेरियाको पश्चिमी एक गाउँबाट सयौँ जनाको सङ्ख्यामा आएका उनीहरुले घरघरबाट बालिका छानेका थिए । त्यति धेरै बालिका उनीहरुले कहाँ लगे भन्ने कुराको पत्तो सरकारले अहिलेसम्म लगाउन सकेको छैन । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत संसारले नै उसको यस कार्यको निन्दा गरे । तर ती अवोध बालिकालाई रिहा गर्न आग्रह गरेपनि उनीहरुले सुनेनन् ।

उता आतङ्कवादीको बन्दुकको तारो केन्याको एक क्याम्पसका विद्यार्थी पनि बन्न पुगे । अप्रिल २ मा भएको यो हमला अर्को एक दयनीय घटना थियो । नैरोबीमा रहेको गारिसा विश्वविद्यालय क्याम्पसमा आतङ्ककारीहरुले विद्यार्थीलाई अल कायदाको सहयोगी संगठन भनिएको अल सेबाबले दिउसोको समयमा उक्त क्याम्पसमा हमला गरी क्रिश्चियन धर्मावलम्बी विद्यार्थीको हत्या गरेको थियो । सो हमलामा १४८ जना विद्यार्थी मारिएका थिए । उनीहरुले विदेशी र क्रिश्चियन विद्यार्थीलाई सो आक्रमणको तारो बनाएका थिए । त्यस आक्रमणमा परेका कम्तीमा पनि ८० जना विद्यार्थी गम्भीर घाइते भएका थिए ।

गत नोभेम्बरमा अमेरिकाको क्यालिफोनिर्याको एक सामाजिक सेवा गृहमा भएको हत्याकाण्ड पनि आईएसकै हात रहेको पुष्टि पछि भएको छ । त्यस गृहमा स्थानीय अमेरिकी नागरिक मुस्लिम दम्पत्ती २९ वर्षीय शैयद रिजवन फारुख र उनकी २८ वर्षीया श्रीमती तसलिन मालिकको योजनामा १४ जना अमेरिकीको हत्या गरिएको थियो । बन्दुक शैयदले चलाएर एकैपटकमा त्यत्रा मानिसलाई भुटेका थिए भने त्यसमा २१ जना घाइते छन् । उनीहरु अझै उपाचार त छन् । त्यस हमला सुरुमा अमेरिकाको उही पुरानै अथवा आफ्नै बन्दुक आतङ्क हो भनिएको थियो । तरपछि अनुसन्धानले ती दम्पत्ति आईएसको अनुयायी रहेको खुलेको हो । हुनत ती दुबैजना प्रहरी कारबाहीमा मारिए । तर उनीहरुको निवासबाट प्राप्त कागजातमा तिनले आईएसको आग्रहमा कामगर्ने गरको तथ्य भेटिएको थियो ।

आकासमा उडिरहेको विमान समेत आतङ्कवादीको शिकार बन्न पुग्यो । गत अक्टोबर ३१ मा जहाज एक रसियाली विमान इजिप्टको सिनाई प्रान्तमा खस्यो । इजिप्टले त्यसलाई स्वीकार नगरेको भएपनि अमेरिकी अनुसन्धानकर्ताहरुले भने त्यसमा बम रहेको बताएका थिए । अन्ततः उक्त घटनाको अनुसन्धानबाट त्यही तथ्य प्रमाणित भएको छ । रसियाले नै आखिर सो विमानमा बम राखिएको जनाएको छ । त्यसमा घरायसी ग्रिनेड बम राखिएको भनी पछिल्लो अनुसन्धानबाट पुष्टि भएको छ । तर रसियालीहरु भने यस अनुसन्धानमा लागिपरेका छन् । कसरी त्यस विमानभित्र बम पुग्यो भन्ने कुराको खोजी उनीहरु गरिरहेका छन् ।

सिरियामा गएको करिब पाँच वर्षदेखिको गृहयुद्धका क्रममा कैयौं आतङ्कवादी क्रियाकलापहरु हुर्किन पाएको बताइन्छ । सिरियामा जारी हिंसामा परी मारिएका व्यक्तिको सङ्ख्याले साढे दुई लाख नाघेको कैयौं महिना भैसक्यो । संयुक्त राष्ट्रसंघले नै अघि सारेको तथ्यांकमा दुई लाख ६० हजार पुगिसकेको छ । यो त देखिएको संख्या हो तर यसरी तथ्यांकमै नआएका व्यक्ति हजारौँको संख्यामा मारिएका होलान् । सन् २०११ को मार्च महिनामा ट्युनिसियाबाट सुरु भएको आन्दोलनले तुरुन्तै सिरियालाई छोएको थियो । सुरुको त्यहाँका नागरिकको माग राष्ट्रपति बसर अल असदको राजिनामा मात्र थियो ।

सिरियाको हिंसाको अन्त्यको बाटो निस्किन सकेको छ । अहिले त्यहाँ आतङ्कवादी आइएस छिरेको निहुँमा सिरियाको आकासमा पश्चिमा राष्ट्रका युद्धक विमानहरु उडिरहेका छन् । हरेक दिनजसो आक्रमण भइरहन्छ र सर्वसाधारण सिरियाली मारिएका छन् । पेरिस हमलापछि त्यहाँ आइएसको खोजीगर्ने निहूँमा त्यहाँको आकासमा लडाकू विमानहरु उडि नै रहेका छन् । त्यस्तै अफगानिस्तान यस विश्वको सधैजसौ आतङ्कद्वारा सताइएको एक देश हो ।

सन् २००१ देखि नै तालिवानहरुलाई सत्ताबाट हटाइएपछि उनीहरुले हालसम्म नै हिंसा जारी राखेका छन् । यो हिंसाले दिनहुजसो नागरिकको ज्यान जाने गरेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com