weeklynepal

भारत– बाबुराम र मधेसी दलको यस्तो छ नेपाल सिध्याउने खेल
[2015-10-07 오전 6:50:00]

कहिले राजा र राणा शासकवीच, कहिले राजा र राजनीतिक दलवीच र कहिले राजनीतिक दलहरुवीच एक आपसमा फूट र भिडन्त निम्त्याएर नेपाललाई कहिल्यै आत्म निर्भर बन्न नदिने र दु:खको भूमरीमा पार्ने काममा सफलता पाउँदै आएको भारतले यसपटक पनि दलहरुवीच पहिलेजस्तै फाटो पारेर संविधान जारी गर्न नदिइ संविधानसभा असफल पार्ने र नेपाली जनप्रतिनिधि संस्था कहिल्यै काम नलाग्ने सिद्ध गरी नेपाललाई भुटानीकरण गर्ने प्रयास असफल भएपछि नेपाल बिरुद्ध नाकाबन्दी गर्‍यो । संविधान निर्माणमा अग्रसर प्रमुख तीन राजनीतिक दल एमाले, कांग्रेस र एमाओवादीलाई एकअर्कामा जुधाउने काममा असफल भएपछि बनिसकेको संविधान पनि जारी नगर्न भारतीय विदेशसचिव यस जयशंकर आएर चेतावनी नै दिए । तर, नेपाली नेताहरुले आफ्नो जमीनमा खुट्टा टेकेकाले संविधान रोकिएन ।

नेपाल बिरुद्ध अनि सुरु भयो भारतको नाकाबन्दी र नेपालका दलहरु विरुद्ध नयाँ पोल खडा गरेर आक्रमण गर्ने काम । त्यसै अन्तर्गत भारतीय जसुसी संस्था रअको तलवी कर्मचारीकै रुपमा काम गर्ने बाबुराम भट्टराईका बहुलठ्ठीपूर्ण ब्यवहार र अंगिकृत नागरिकताधारी भारतीय लगानीका मेधसी दललाई अस्त्र बनाएर भारतले अहिले पनि प्रमुख दलहरुलाई फुटाउने र संविधान कार्यान्वयन हुन नदिने काम अघि बढाइरहेकै छ । जव नेपाल जनता दलहरुको नेतृत्वमा एकजूट भए त्यसका विरुद्ध नयाँ पोल खडा गर्न भारतकै इसारामा बाबुरामले संविधान बनेको एक साता नवित्दै एमाओवादी छोडे । उनले संविधान जारी गर्नबाट रोक्न अन्तिमसम्म गरेको प्रयास असफल भएपछि रअको निर्देशन अनुरुप नै पार्टी र संसद सदस्यबाट राजीनामा दिएका छन् ।

संविधान जारी गरेपछि बाबुराम भट्टराई मात्रै होइन नेपालमा राजनीतिको लोकप्रिय ग्राफ चढेका केही नेता र नागरिक समाजका अगुवा भनिएका गगन थापा, प्रदीप गिरी, दमननाथ ढुंङ्गाना, शेखर कोइराला, मिनेन्द्र रिजाल र बिमलेन्द्र निधि पनि नराम्ररी नाङ्गिन पुगेका छन् । संविधान जारी गरी नपाली नेतावीच एकताको उदाहरण प्रस्तुत गरी आफ्नो निर्णय क्षमता देखाएका दलहरुलाई कमजोर पार्न अव यि पात्रहरु संविधान कार्यान्वयन हुन नदिने खेलमा अग्रसर भएका छन् । संविधानमाथि छिमेकी देशबाट नाकाबन्दीको समेत चुनौती आएका बेला गगन, प्रदीप, शेखर लगायतले सत्तापक्ष र प्रतिपक्षको प्रजातन्त्रको सिद्धान्त फलाकेर दलहरुको एकता टुटाउने खेल आरम्भ गरिसकेका छन् ।

बाबुराम भट्टराईले तराई र पहाडमा बिद्रोह जोड्न र त्यस विदेहको एउटै केन्द्र खडा गरी भारतीय आशिर्वाद लिन पार्टी छोडेको अव बसैबाट छिपेको छैन । भट्टराईले गत बिहीवार एउटा ट्वीट गरे ‘तोड्ने होइन जोड्नेको खाँचो ।’ कतिपयले बाबुरामको केही पहिलेदेखि उजागर भएको भारत परस्त छविलाई धोइपखाली गर्न ‘प्रभावशाली’ मिडियाको एक पेज पुरै प्रयोग गरे पनि बाबुराम स्वयंका मुभले के पुष्टि गर्छ भने बाबुराम भारतको बात लागेका केही मधेसकेन्द्रित नेताको आन्दोलनलाई आन्तरिक राजनीतिक रंग दिन नयाँ पोल खडा गर्दैछन् । संविधान जारी भएपछि उनको अभिष्ट नाङ्गो रुपमा छताछुल्ल भएपछि भट्टराई देश जोड्ने होइन, ‘बिद्रोह’ जोडेर भारतले अघि सारेका ७ बुँदे प्रस्ताव संविधानमा समावेश गर्ने अभियानमा सक्रिय छन् ।
भारतीय विदेश मन्त्रालयले नेपालको संविधान संशोधन गर्न अघि सारेका ७ बुँदा हाम्रो माग हो भनेर मधेसी मोर्चाका एक नेता लक्ष्मणलाल कर्णले आधिकारिक रुपमा सार्वजनिक गरिसकेका छन् र मधेसी दलका मागप्रति मेरो समर्थन छ भनेर बाबुराम भट्टराईले पनि सार्वजनिक गरिसकेका छन् । यी तीनै पक्षको सञ्चालन केन्द्र एउटै हो भन्ने बुझ्न थप प्रमाण आवश्यक छैन । मधेसी दलको आन्दोलन भारतले चलाएको पुष्टि भएपछि पहाडमा त्यस विरुद्ध जनजाति तप्का पनि आक्रोशित भयो । भट्टराई त्यसवाट चिन्तित छन् र उनी भारतले चाहेको संशोधनका लागि मधेसको ‘विद्रोह’सँग पहाडका जनजातिको असन्तुष्टि जोड्ने अभियानमा छन् । संविधानका प्रावधानमा चाहे जतिसुकै अधिकार सुनिश्चित होओस् भट्टराईको चासो त्यसमा होइन । उनले भने अनुसार नै उनको चासो मधेसी मोर्चाको मागसँग हो जो भारतले नेपालको फिजीकरणका लागि तयार गरेर पठाइदिएको ७ बुँदेको फोटोकपी हो । अव जोसुकैले भन्न सक्छ भट्टराईको माग के हो ? उत्तर स्पष्ट छ– भारतको सात बुँदेको सम्बोधन ।

अहिले भट्टराई भारतको मुद्दा पूरा गर्न तराईमा आन्दोलन भएको पुष्टि भएपछि त्यस विरुद्ध नेपालीवीच एकता भएकाले आक्रान्त छन् । उनले पहाड फूटाउने र भारतका माग पूरा गराउने अभियानमा ‘मधेसी जनजाति जोड्ने’ अभियानका लागि तराई जाने अभियान बनाएका हुन् । जनकपुरमा उनी र मधेसी मोर्चाको सल्लाहमै बाबुराम विरुद्ध प्रदर्शन भएको थियो । यसबाट बाबुरामले के सन्देश दिन खोजेका थिए भने– म मधेसको पक्षमा भएकालाई त मधेसमा आउन यस्तो गाह्रो छ भने अरु दल यहाँ आउन सक्दैनन् । तर, सबैलाई थाहा छ बाबुराम, भारत र भारतले लगानी गरेर चलाएका मधेसी दलको सल्लाहमै यि सबै नाटकहरु भइरहेका छन् । हिन्दुस्तान टाइम्सलाई बुधवार बाबुरामले दिएको अन्तरवार्ताबाट उनले यो कुरा पुष्टि गरेका छन् । अन्तरवार्तामा उनले मधेसको आन्दोलनमा आफ्नो समर्थन रहेको र योसँग अव थारु र मगर समुदायलाई जोड्न आफू लाग्ने वताएका छन् । पहाडी जनजातिमा सबै भन्दा बढी जनसंख्या भएको मगर समुदाय आन्दोलित नभएकोप्रति उनको गुनासो छ । यसबाट बाबुराम किन तराई जान लागेका हुन् भन्ने पुष्टि हुन्छ । उनी जसरी पनि भारतको स्वार्थ पूरा गर्न नेपाली नेपालीवीच काटमार गराउन चाहन्छन् ।

मधेस र पहाडको ‘विद्रोह’ जोड्न र नेपाल विरुद्ध प्रहार गर्न नेपाल बिखण्डन गर्ने केन्द्रले भट्टराईलाई त्यसको संयोजन गर्ने जिम्मेवारी तोकेको थियो । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलन भए लगत्तै भट्टराईका गतिविधिले त्यसको संकेत गरेका थिए । संविधानको पहिलो मस्यौदा बनेर जनतावाट सुझाव संकलन गरी फर्केपछि बाबुरामले जनजाति अगुवाका रुपमा पद्मरत्न तुलाधर र मधेसी अगुवाका रुपमा अमरेशलाई बोलाएर ‘सुझाव’ लिए । देशभर जनतासँग सुझाव लिइसकेपछि संविधानसभामै रहेका अमरेश लगायत भारतबाट प्रत्यक्ष चल्ने अतिवादीको सुझाव किन मागियो भने संविधानमा भारतले चाहेका कुरा भएनन् भने त्यसलाई अस्वीकार गरिन्छ भन्ने सन्देश दिने मुख्य उद्देश्य बाबुरामको थियो । अमरेश लगायतले त्यसवेला भने–‘छुट्टै मधेस भएन भने छुट्टै देश बनाइनेछ । प्रमुख दलका नेताहरुलाई गद्दाफी बनाइनेछ ।’ भट्टराईले त्यसवेला जनजाति र मधेसीलाई सडकमा एक लाख मान्छे उतार्न आव्हान गर्दै आफूले संविधानमा सही नगर्ने आश्वासन दिए ।

जव संघीयताको सीमाङ्कन गरेर मात्रै संविधान जारी गर्ने प्रयास अघि बढ्यो तव भट्टराईले कांग्रेस नेता शेरबहादुर देउवामाथि ब्यक्तिगत आक्षेप लगाउँदै पश्चिम नेपालमा ‘अनिष्ट’ हुने भविश्यवाणी गरे । भारतीय योजनामा उनको संलग्नता रहेकैले कहाँ के गर्ने तयारी छ उनी अगाडि नै जान्दथे र उनका भविश्यवाणी मिल्थे पनि । उनको भविश्यवाणी अनुरुप नै ‘शान्तिपूर्ण’ जुलुसले एसएसपी सहित सात प्रहरी र एक वालकलाई टीकापुरमा हत्या गर्‍यो । जव भारतीय विशेष दूतले संविधान निर्माण रोक्न तिब्र दवाव दिए र त्यसका वाबजूद संविधान जारी भयो, तब भट्टराईले २४ घन्टामा देश टुक्रिने त्रासद् सन्देश फेसबूकमार्फत सार्बजनिक गरे । यि सबै भविश्यवाणीको जग भारत थियो र उनी त्यो अभिष्टका कार्यान्वयनकर्ता । जव संविधान जारी भो भट्टराईको छट्पटी र मुद्रा सबैले देखेकै छन् ।

भारतको सात बुँदे प्रस्ताव लागू गर्ने दवावलाई बलियो बनाउने उद्देश्यले नै दूरगामी योजना अन्तर्गत अशोक राई र उपेन्द्र यादववीच एकीकरण गरी पार्टी बनाइएको थियो । भारतले सार्वजनिक गरेको ७ बुँदे र मधेसी दलले अघि सारेका एजेण्डा एउटै हुन् र त्यसमा बाबुरामको जोडदार समर्थन छ । सात बुँदे सुझाव लागू भएमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुन्छ । त्यस्तो अवस्थामा कर्णालीजस्तो अञ्चलले एउटा प्रतिनिधि पनि नपाउने निश्चित छ । तराईमा जनसंख्या बृद्दि हुन पहाडमा जस्तो वालक जन्मिनु पर्दैन, नागरिकताको खुकुलो प्रावधानले भारतबाट सीमाना कटेर आउनासाथ जनसंख्या बढ्छ । अनि अंगिकृत नागरिकता पाएका हरेकले उपल्लो राजनीतिक जिम्मेवारी पाउने अवस्था भएपछि १० वर्षमै नेपालको संसदमा भारतीयको बहुमत हुने र त्यो बहुमतले जसलाई चाह्यो त्यसैलाई राष्ट्रपति र प्रधानमन्त्री सजिलैसँग बनाउन सक्छ । यो प्रावधान लागू गर्न नसकेरै बाबुराम पछिल्लो पटक नेपालको संविधानप्रति भारत जत्तिकै असन्तुष्ट छन् ।

संविधान निर्माणपछि स्पष्टत: नेपालले तीनवटा उपलब्धी हासिल गरेको छ । १, भारतले नचाहे हाम्रा नेता र दलले केही गर्न सक्दैनन् भन्ने स्थापित थियो– तर, हाम्रा दल र नेताले गरेर देखाए । २, स्टन्ट र मिडियामैत्री प्रचारतन्त्रले खास भारतपरस्त को हुन् भन्ने खुट्याउन गाह्रो थियो– तर, निर्णायक बेलाको निर्णायक कसरतले भारतपरस्तको मुकुण्डो उघ्रियो । ३, माग जायज नाजायज जेसुकै हुन् हिंसा भड्काएपछि जे कुरा पनि पूरा हुन्छ भन्ने स्थापित भएको थियो– त्यो भएन । नेपालको राजनीतिले यी तीनवटा उपलब्धी पाएकाले बाबुराम सबैभन्दा बढी बेचैन बनेका हुन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com