weeklynepal

भारतको समर्थनमा प्रधानमन्त्री हुने दाउमा देउवा
[2015-10-07 오전 6:53:00]

अमेरिकाको विश्वासपात्रका रुपमा चिनिएका कांग्रेस नेता शेरबहादुर देउवा यतीबेला शंकास्पद गतिविधिमा लागेका छन् । भारतको हस्तक्षेपविरुद्ध सम्पूर्ण देश एक भएको बेला उनी भारतको समर्थनमा प्रधानमन्त्री हुने दाउमा छन् ।

स्रोतका अनुसार भारतीय गुप्तर निकाय ‘र’ का अधिकारीहरुसँग उनले गोप्य रुपमा भेटघाट गरिरहेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भारतको स्वार्थ पूरा नहुने भएपछि उसले अर्का व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल खेलिरहेको छ । जसको गोटी देउवा बनेका छन् । सोही कारण देउवा भारतको हस्तक्षेप विरुद्ध मौन छन् । सरकारमा मन्त्रीसमेत रहेका कांग्रेसका नेताहरु विमलेन्द्र निधि र मिनेन्द्र रिजाल भारतको पक्षमा बोलिरहेका छन् । त्यस्तै उनीहरुकै गुटका नेता पूर्वप्रधानमन्त्रीसमेत भएका कांग्रेस नेता शेरबहादुर देउवाले पनि भारतको नाकाबन्दीको विषयमा केही बोलेका छैनन् । भारतले नेपालको संविधानको स्वागत नगरेको विषयमा उनले भारतलाई खुशी बनाउने गरी वक्तव्य दिएका थिए । भारतले छिट्टै नेपालको संविधानको स्वागत गर्ने भनेर एकपटक उनले वक्तव्य दिएका थिए । त्यसपछि उनले नाकाबन्दीको विरोधमा केही बोलेका छैनन् ।

एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले खुलेर भारतको आलोचना गर्दै आएका छन् । आफूहरुले स्वाभिमानमा कहिल्यै सम्झौता नगर्ने उनीहरुको बताएका छन् । तर पटक पटक प्रधानमन्त्री भइसकेका देउवालाई भारतले नाकाबन्दी गर्दा पनि चित्त दु:खेको छैन । यसलाई कांग्रेसभित्रै धेरैले आश्चर्यका साथ लिएका छन् । यसको पछाडी देउवाको व्यक्तिगत स्वार्थ छ । देउवा यतिबेला कांग्रेस पार्टी कब्जा गर्ने दाउमा मात्र छैनन्, प्रधानमन्त्रीको च्याखे दाउ पनि थापिरहेका छन् । भावी प्रधानमन्त्रीमा पक्का जस्तै भएका एमाले अध्यक्ष केपी ओली भारतको चर्को आलोचक बनेका बेला भारतलाई खुशी बनाएर प्रधानमन्त्री बन्ने वातावरण बनाउन उनी लागिपरेको स्रोत बताउँछ । त्यहीकारण भारतले नाकाबन्दी गर्दा पनि भारतको आलोचना गरेका छैनन् । बरु भित्री रुपमा भारतीय खुफिया एजेन्सी तथा नेताहरुसँग सम्बन्ध विस्तार गर्न लागेका छन् । अमेरिकाको बिशेष मान्छेका रुपमा चिनिने देउवा पछिल्लो समय भारतको ‘एसम्यान’ बन्ने दाउमा छन् ।

तर उनले सोचेजस्तो अवस्था भने छैन । किनकि अहिलेसम्म कांग्रेस, एमाले र एमाओवादी एक ढिक्का छन् । त्यसकारण प्रधानमन्त्रीमा ओलीलाई कसैले रोक्न सक्ने अवस्था छैन । तर ओलीलाई असफल बनाएर पछि आफू सरकारको नेतृत्वमा जाने महत्वाकांक्षा पनि देउवामा देखिसकिएको कांग्रेस नेताहरु बताउँछन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com